उज्यालो रेडियो र अनलाइनमा काम गर्ने अवसर
उज्यालो रेडियो र अनलाइनका लागि सृजनशील, नयाँ काम र प्रयोग गर्न उत्सुक, मिलनसार तथा पत्रकारिताको निम्न बिषय र विधामा दक्ष केही पूर्णकालिन जनशक्ति आवश्यक परेकोले इच्छुक नेपाली नागरिकले तल उल्लेखित इमेल वा कार्यालयको ठेगानामा आवेदन दिनुहोला ।
क) उज्यालो अनलाइन
पद : सम्वाददाता (राजनीति, प्रसासन विट) — २ जना
मूख्य जिम्मेवारी
- नेपालका राजनीतिक दल, नेता, संसद, सांसद, निजामति कर्मचारी, प्रशासन र अदालत लगायतका क्षेत्रका समाचार, फिचर, अन्तर्वार्ता लगायत सामग्री संकलन, लेखन र आधारभूत सम्पादन गर्ने ।
- अन्य सहकर्मीले उल्लेखित बिषयमा तयार पारेका सामग्रीको मूल्यांकन, सम्पादन तथा पुनर्लेखन गर्ने ।
पद : सम्वाददाता (अर्थ, बजार र विकास विट) — १ जना
मूख्य जिम्मेवारी
- शेयर बजार, कमोडिटी बजार, बैंक, कर्पोरेट सेक्टर, विकास निर्माणमा आधारित समाचार, फिचर, अन्तर्वार्ता लगायतका सामग्री संकलन, लेखन र आधारभूत सम्पादन गर्ने ।
- अन्य सहकर्मीले उल्लेखित बिषय र विधामा तयार पारेका सामग्रीको मूल्यांकन, सम्पादन तथा पुनर्लेखन गर्ने ।
आवश्यक न्यूनतम योग्यता
- माथि उल्लेखित विटमा विगत २ बर्षदेखि राष्ट्रिय स्तरको पत्रिका, रेडियो वा अनलाइनमा सक्रिय रुपमा काम गरिरहेको ।
- पत्रकारिताका सिद्धान्त, मूल्य र मान्यतासित परिचित र तिनमा अडिग
- नेपाली भाषामा दखल भएको, शुद्धसँग लेख्न सक्ने ।
- पत्रकारिता वा अन्य कुनै पनि विषयमा स्नातक ।
पद: भिडियो सम्पादक (१ जना, पूर्णकालिन)
कामको विवरण
- उज्यालोकर्मीले खिचेर ल्याएका भिडियोहरु सम्पादन गर्ने ।
- उज्यालोको स्टुडियोमा अन्तर्वार्ताको भिडियो रेकर्ड गर्ने, अरुले रेकर्ड गरेका र स्टुडियोमा रेकर्ड गरिएका भिडियो अन्तर्वार्ता र सामग्रीहरुको सम्पादन गर्ने ।
आवश्यक न्यूनतम योग्यता :
- कुनै पनि टेलिभिजन वा भिडियो उत्पादन गर्ने संस्थामा भिडियो सम्पादनमा कम्तिमा १ बर्षको अनुभव भएको ।
- भिडियो उत्पादन सम्बन्धि प्राविधिक ज्ञान (क्यामेरा र भिडियो सम्पादन सफ्टवेयर) राम्रो भएको ।
पद : मार्केटिङ अफिसर – १ जना (पूर्णकालिन)
कामको विवरणः
- उज्यालो अनलाइनका लागि आवश्यक विज्ञापन सामग्री खोज्ने ।
- बिज्ञापन एजेन्सी तथा बिज्ञापनदाता व्यावसायिक, व्यापारिक प्रतिष्ठान, विभिन्न संघ संस्था, सरकारी–अर्ध सरकारी कार्यालय, संस्थानहरु, विभिन्न संगठित संस्था, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुसंग समन्वय गरि अनलाईनको बजार विस्तार गर्ने ।
- बिज्ञापनदाता संघ संस्थाहरुको डिजिटल मार्केटिङ योजनाहरुको जानकारी राख्ने र उपयुक्त समयमा आफ्नो प्रस्ताव पेश गर्ने ।
आवश्यक न्यूनतम योग्यता
- बजार व्यवस्थापन वा सम्वन्धित विषयमा स्नातक तह उत्तिर्ण ।
- बिज्ञापन बजार तथा अनलाइन मिडिया मार्केटिङ टे«न्डको राम्रो ज्ञान भएको ।
- गुगल एनालाइटिक्स, फेसबुक इन्साइट्सको बारेमा सामान्य ज्ञान भएको ।
- इन्टरनेट तथा इ–मेल चलाउनमा दक्ष ।
ख) उज्यालो रेडियो नेटवर्क
पद : उप सम्पादक – ३ जना (पूर्णकालिन)
मूख्य जिम्मेवारी
- उज्यालो रेडियोबाट दैनिक प्रसारण हुने रेडियो समाचार बुलेटिनका लागि उज्यालो संवाददाता र जिल्लास्थित उज्यालो सहकर्मीबाट समाचार लिने, त्यस्ता सामग्रीहरुको पुर्नलेखन, सम्पादन गरि प्रसारण योग्य बनाउने ।
- विभिन्न विषयमा रेडियो कार्यक्रम उत्पादन तथा सञ्चालन गर्ने ।
- पत्रकारिताका सिद्धान्त, मूल्य र मान्यतासित परिचित र तिनमा अडिग
आवश्यक न्यूनतम योग्यता
- एफएम रेडियो वा टेलिभिजनाको समाचार डेस्कमा बसेर कम्तिमा २ बर्षदेखि सक्रियरुपमा काम गरिरहेको ।
- रेडियो कार्यक्रम उत्पादन सम्बन्धि आधारभूत ज्ञान भएको ।
- नेपाली भाषा शुद्धसँग लेख्न र पढ्न सक्ने ।
- पत्रकारिता वा अन्य विषयमा स्नातक ।
आवेदन साथ संलग्न गर्नुपर्ने कागजातः
- आवेदन पत्र (आफु किन यस कामका लागि योग्य छु भन्ने व्यहोरा प्रष्टसँग खुलाएर लेख्नुहोला)
- व्यक्तिगत विवरण (बायोडाटा)
आवश्यक पर्ने अन्य कागजात पछि मागिने भएकोले आवेदन र वायोडाटा मात्र पठाउनु होला ।
तलव तथा सेवा सुविधा
- अनुभव, कार्यक्षमताका आधारमा छलफल गरेर तय गरिनेछ ।
आवेदन आइपुग्नुपर्ने अन्तिम मिति
- २०७४ माघ २७ गते, शनिबार
आवेदन दिने ठेगाना
उज्यालो रेडियो नेटवर्क
उज्यालो अनलाइन
उज्यालो घर, जाउलाखेल, ललितपुर (सदर चिडियाखानाको पछाडी)
इमेल : [email protected]
