साढे ३३ किलो सुन तस्करी प्रकरण : एसएसपी खत्री जेल चलान
- Posted: Thursday, May 31, 2018 18:50 PM ( 4 years ago )
मोरङ, जेठ १७ – साढे ३३ किलो सुनसँग जोडिएका एसएसपी श्याम खत्रीलाई अदालतले पुर्पक्षको लागि जेल चलान गरेको छ ।
मोरङ जिल्ला अदालतका न्यायाधीश नारायण प्रसाद शर्माको इजलाशले उनलाई पुर्पक्षको लागि कारागार चलान गरेको हो । आपराधिक समूह स्थापना र संचालन गरी सुन चोरी पैठारी र चोरी निकारीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा उनलाई थप अनुसन्धान गर्नु पर्ने भएको भन्दै न्यायाधीश शर्माको इजलाशले यस्तो आदेश दिएको हो ।
अदालतले प्रतिवादी श्यामबहादुर खत्री कसुरदार रहेको भन्ने कुरा विश्वास गर्ने आधार मनासिव देखिँदा पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाल उनलाई संगठित अपराध ऐन २०७० को दफा ४१ तथा मुलुकी ऐन अ.बं.११८ को देहाय २ का आधारमा पुर्पक्षका लागि मोरङ कारागार पठाएको हो ।
एसएसपी श्यामबहादुर खत्रीले आजै मोरङ जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
- बोल्ड सिन दिँदा घरमा समस्या छैनः सोनम, करीनाको लुगा देखेर सैफ रिसाए
- कर्णाली प्रदेश सरकारको सय दिन : ‘संघीय सरकारका कारण काम गर्ने वातावरण पाएनौँ’
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- अर्कैकाे नाममा ट्रायल दिन अाउने परीक्षार्थी पक्राउ
News in English More
Download Programs More
Opinion Poll
Loading...