छुवाछूत उन्मूलन दिवस मनाउने तयारी
- Posted: Thursday, May 31, 2018 17:51 PM ( 4 years ago )
दैलेख, जेठ १७ – दैलेखमा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस सरकारी तहबाट मनाउने तयारी भएको छ ।
दलित नागरिक समाजको आग्रहमा बिहीबार दैलेखमा बसेको पूर्व तयारी बैठकले पहिलो पटक सरकारी पहलमा छुवाछूत उन्मूलन दिवस मनाउने तयारी भएको हो । दैलेखको सदरमुकाम जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाको संयोजकत्वमा र सदरमुकाम बाहिर सबै गाउँपालिका अध्यक्ष र नगरपालिकाहरुमा नगरप्रमुखको संयोजकत्वमा मूल समिति गठन गरी छुवाछूत दिवस मनाउन ११ वटै स्थानीय तहलाई परिपत्र गरिएको स्थानीय समन्वय अधिकारी नारायण कुवँरले बताउनुभयो ।
पूर्वतयारी बैठकमा नारायण नगरपालिका नगरप्रमुख रत्नबहादुर खड्का, प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने, शिक्षा इकाई प्रमुख बिष्णुप्रसाद अधिकारी, नेपाल मजदूर किसान पार्टीका सचिव लक्ष्मी बिक, उद्योग वाणिज्य संघका अध्यक्ष कुलबहादुर बिक, नेपाल बारका अध्यक्ष यामराज थापा, गैसस महासंघका अध्यक्ष महारुप खत्री लगायत नागरिक समाजका अगुवाहरुको उपस्थिति थियो ।
बैठकले जेठ २१ गते बिहान दैलेखका ३ वटै एफएम रेडियोबाट जातीय विभेद उन्मूलनका रेडियो सम्बाद कार्यक्रम गर्ने र गैसस महासंघले त्यसै दिन साँझ दैलेख सदरमुकामको देवकोटाचौकमा दीपावली गर्ने मैनबत्ती र कोणसभाका लागि प्रयोग हुने व्यानर लेख्ने व्यवस्था गर्ने निर्णय गरेको छ ।
तत्कालिन प्रतिनिधिसभाले २०६३ जेठ २१ गते नेपाललाई छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको सन्दर्भमा घोषणा कार्यान्वयनका लागि नेपाल सरकारले निर्णय गरे अनुरुप ‘जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस’ मनाउन लागिएको पत्रकार अमर सुनारले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
- बोल्ड सिन दिँदा घरमा समस्या छैनः सोनम, करीनाको लुगा देखेर सैफ रिसाए
- कर्णाली प्रदेश सरकारको सय दिन : ‘संघीय सरकारका कारण काम गर्ने वातावरण पाएनौँ’
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- अर्कैकाे नाममा ट्रायल दिन अाउने परीक्षार्थी पक्राउ
News in English More
Download Programs More
Opinion Poll
Loading...