रियल मड्रिडका प्रशिक्षक जिदानले अचानक दिए राजीनामा
- Posted: Thursday, May 31, 2018 17:23 PM ( 4 years ago )
जेठ १७ – रियल मड्रिडका प्रशिक्षक जिनेदिने जिदानले क्लबले च्याम्पियन्स लिग जितेको ५ दिनपछि राजीनामा दिएका छन् ।
४५ वर्षीय जिदानले साण्टियागो बेर्नाबेउ रंगशालमा भएको पत्रकार सम्मेलनमा अप्रत्याशित रुपमा राजीनामाको घोषणा गरेका हुन् । सन २०१६ मा रियलको प्रशिक्षक भएर मड्रिड आएका जिदानले २०१६–१७ को ला लिगा तथा लगातार ३ पल्ट च्याम्पियन्स लिग जिताएका थिए ।
Zidane "This is my decision. Maybe it's a mistake. But I feel it's time. If I don't think that we can keep winning then it's time."
— The Spanish Football Podcast (@tsf_podcast) May 31, 2018
पत्रकार सम्मेलनमा जिदानले राजीनामाको घोषणा गर्दा रियलका अध्यक्ष फ्लोरेण्टिनो पेरेज पनि उपस्थित थिए । जिदानले राजीनामा दिने निर्णय अाफैले गरेकाे समेत बताएका छन् । उनले याे निर्णय गलत पनि हुन सक्ने बताउँदै अाफूले राजीनामा दिने समय अाएकाे स्पष्ट गरेका छन् ।
रफायल बेनिटेजलाई प्रतिस्थापन गरेका ४५ वर्षीय जिदानको अण्डरमा रियलले १४९ खेल खेलेकोमा १०४ मा जित र २९ खेलमा बराबरीको नतिजा निकालेको छ । च्याम्पियन्स लिगको फाइनलमा लिभरपुललाई ३–१ ले पराजित गरेको केही दिनमै राजीनामा दिने उनको निर्णयमा धेरै आश्चर्यचकित भएका छन् ।
तपाईँलाइ राजीनामा दिने यही नै उपयुक्त समय किन लागेको भन्ने प्रश्नको जवाफमा जिदानले भने, ‘साँच्चै भन्नुपर्दा मैले क्लबको मूल्य मान्यतालाई कायम राख्न कडा परिश्रम गर्ने प्रयास गरेँ । मैले मेरा खेलाडीबाट सधैँ सम्मान पाएँ, त्यो बिना सफलता हासिल गर्न असम्भव थियो । मेरो निर्णय मेरो आफ्नै हो । यसमा खेलाडीहरुसम्बद्ध केही छैन, तर तीन वर्षपछि यही उचाई कायम राख्न गाह्रो थियो ।’ उनले भने, ‘म जन्मजातै विजेता हूँ र मलाई जित्न मनपर्छ । मलाई हार्न मन पर्दैन । मलाई म जित्दै छैन भन्ने लागेको खण्डमा परिवर्तन जरुरी हुन्छ । ’
रामोससँग कुनै समय रियलबाट सँगै खेलेका जिदानले आफ्नो यो निर्णय सार्वजनिक गर्नु अघि रामोसलाई फोन गरेर सुनाएको र रामोसले पनि आफ्नाे निर्णयलाई सम्मान गर्ने बताए ।
‘रामोसले मेरो सुखद भविष्यको कामना गरे । उनी एक लिडर र कप्तान हुन् र उनीसँग अतिरिक्त ३ वर्ष बिताउन पाउनु खुशीको कुरा हो’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
- बोल्ड सिन दिँदा घरमा समस्या छैनः सोनम, करीनाको लुगा देखेर सैफ रिसाए
- कर्णाली प्रदेश सरकारको सय दिन : ‘संघीय सरकारका कारण काम गर्ने वातावरण पाएनौँ’
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- अर्कैकाे नाममा ट्रायल दिन अाउने परीक्षार्थी पक्राउ
News in English More
Download Programs More
Opinion Poll
Loading...