२० जना विद्यार्थीमा मास हिस्टेरियाको समस्या, विद्यालय बन्द
- Posted: Thursday, May 31, 2018 17:23 PM ( 4 years ago )
राजु लामिछाने/उज्यालो ।
रुकुम पश्चिम, जेठ १७ – रुकुम पश्चिमको एक विद्यालयमा पढ्दै गर्दा विद्यार्थी मुर्छा पर्न थालेपछि विद्यालय बन्द गरिएको छ ।
बाँफिकोट गाउँपालिका–१, लगिमको जनएकता आधारभूत विद्यालयका विद्यार्थी एक्कासि मुर्छा पर्न थालेपछि केही दिनका लागि विद्यालय बन्द गरिएको हो । विद्यालय व्यवस्थापन समितिका सदस्य पवनकुमार चन्दले केही दिनयता २० जान भन्दा बढी विद्यार्थी बिरामी परेको बताउनुभयो ।
उहाँले अन्य विद्यार्थीहरु समेत बिरामी पर्ने डरले विद्यालय बन्द गर्नुपरेको बताउनुभयो । उहाँका अनुसार पढ्दै गरेका विद्यार्थीहरु एक्कासि मुर्छा पर्ने, ब्यूँझिएपछि विद्यार्थीहरुको टाउको र हातखुट्टा दुख्ने, रिँगाटा लाग्ने र रुने जस्ता लक्षण देखिने गरेका छन् ।
मंगलबार र बुधबार मात्रै करिब २० जना विद्यार्थीको उपचार भएको विद्यालयले जनाएको छ । स्वास्थ्य चौकी पीपलका स्वास्थ्यकर्मीले २ दिन बिरामी विद्यार्थीको उपचार गरेका छन् । मंगलबार र बुधबार विद्यालयमै पुगेर स्वास्थ्यकर्मीले बिरामी विद्यार्थीको उपचार गरेका हुन् ।
स्वास्थ्य चौकी पीपलका अहेव खगेन्द्र शर्मा नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले विद्यार्थीको उपचार गरिरहेको बताइएको छ । शर्माले विद्यार्थीमा मास हिस्टेरियाको लक्षण देखिएको र उपचार भइरहेको बताउनुभयो । उहाँले २ जना छात्र र १८ जना छात्राले उपचार गराइरहेको बताउनुभयो ।
सुरुमा १३ गते केही विद्यार्थीमा यस्तो लक्षण देखिए पनि बुधबारसम्म बिरामी विद्यार्थीहरुको संख्या बढ्दै गएकाले बिहीबारबाट केही दिनका लागि विद्यालय बन्द गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
- बोल्ड सिन दिँदा घरमा समस्या छैनः सोनम, करीनाको लुगा देखेर सैफ रिसाए
- कर्णाली प्रदेश सरकारको सय दिन : ‘संघीय सरकारका कारण काम गर्ने वातावरण पाएनौँ’
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- अर्कैकाे नाममा ट्रायल दिन अाउने परीक्षार्थी पक्राउ
News in English More
Download Programs More
Opinion Poll
Loading...