जबरजस्ती करणी गर्नेलाई पाँच वर्ष कैद
- Posted: Thursday, May 31, 2018 17:00 PM ( 4 years ago )
तेह्रथुम, जेठ १७ – १७ वर्षीया युवतीलाई जबरजस्ती करणी गर्ने धनकुटाको खाल्सा छिन्ताङ शहिदभूमि गाउँपालिका–५, खोकुका १७ वर्षीय सविन भनिने राजकुमार विश्वकर्मालाई जिल्ला अदालत तेह्रथुमले पाँच वर्षको कैद सजाय सुनाएको छ ।
बिहीबार जिल्ला न्यायाधीश नारायणप्रसाद पराजुलीको एकल इजलासले विश्वकर्मालाई पाँच वर्ष कैद र ३५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका सूचना अधिकारी गोपाल खनालले जानकारी दिनुभयो ।
उनलाई तेह्रथुमको लालीगुराँस नगरपालिकाकी एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले गएको कात्तिक १० गते धनकुटाको सिधुवाबाट पक्राउ गरेको थियो ।
धनकुटा घर भएका उनी सामाजिक सञ्जालमा चिनजान र सम्पर्क भई तेह्रथुम आएर यहाँकी युवतीलाई उता लैजाँदै गर्दा परिवारको उजुरीका आधारमा प्रहरीले सिधुवाबाट पक्राउ गरेको थियो । पछि युवती आफैले जबरजस्ती करणी गरेको उजुरी गरेपछि राजकुमारका विरुद्ध जबरजस्ती करणी आरोपमा मुद्धा दर्ता भएको थियो ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
- बोल्ड सिन दिँदा घरमा समस्या छैनः सोनम, करीनाको लुगा देखेर सैफ रिसाए
- कर्णाली प्रदेश सरकारको सय दिन : ‘संघीय सरकारका कारण काम गर्ने वातावरण पाएनौँ’
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- अर्कैकाे नाममा ट्रायल दिन अाउने परीक्षार्थी पक्राउ
News in English More
Download Programs More
Opinion Poll
Loading...