अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- Posted: Thursday, May 31, 2018 16:57 PM ( 3 years ago )
काठमाडौं, जेठ १७ – नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले अर्थमन्त्रीले निजी क्षेत्रलाई धम्क्याउने काम गरेको आरोप लगाउनुभएको छ ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारको २०७५/७६ को विनियोजित बजेटमाथि धारणा राख्दै उहाँले निजी क्षेत्रलाई लगानीको लागि प्रोत्साहन गर्नुको सट्टा अर्थमन्त्रीले धम्क्याउने काम गरेको आरोप लगाउनुभएको हो ।
उहाँले बजेटमा निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहित नगरेर सहकारीलाई मात्र प्राथमिकता दिएका अर्थमन्त्रीले सार्वजनिक कार्यक्रममा औलो ठड्याएर ‘अब कुनै पनि व्यवसायीलाई मन परी गर्ने छुट छैन भन्दै धम्क्याएको आरोप लगाउनुभयो । उहाँले बजेट हावादारी भएको भन्दै कार्यान्वयन हुन नसक्ने ठोकुवा गर्दै सरकार आफै सिण्डिकेट खडा गर्न उद्धत रहेको रसुनको तस्करी मौलाउनुमा तात्कालिन सरकारको नीति जिम्मेवार रहेको दाबी गर्नुभयो ।
विश्वकर्माका अनुसार तीन तहको स्वायक्त सरकार निर्माण भइसकेको अवस्थामा ती सरकारलाई मातहतका निकाय ठानी मुस्किलले ३० प्रतिशत मात्रै बजेट मात्रै विनियोजन गरिनु संविधान र संघीयताको भावना विपरीत हो ।
बैठकमा बोल्दै विश्वकर्माले कमाउनेसँग प्रशस्त कर लिएर कमाउन नसक्नेलाई सामाजिक सुरक्षा मार्फत भत्ता वितरण गर्नु समाजवाद उन्मुख अर्थनीति हुने भन्दै र उत्पादनमा प्राथमिकता विनाको बाँड्ने नीतिले मुलुकको अर्थतन्त्र धरापमा परेको समाजवाद उन्मुख हुने टिप्पणी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...