उनन्चालीस बालबालिकाको उद्धार
- Posted: Thursday, May 31, 2018 14:39 PM ( 3 years ago )
काठमाडौँ, जेठ १७ – महानगरीय प्रहरी परिसरले काठमाडौँका विभिन्न होटल, डान्सबार, रेष्टुरेन्ट र रोधीघरबाट ३९ बालबालिकाको उद्धार गरेको छ ।
परिसरअन्तर्गत रहेका वृत्त र प्रभागको टोलीले माइती नेपाल र सिबिन नेपालको सहकार्यमा गोँगबु, ठमेल, कोटेश्वर, बानेश्वर, बालाजु लगायतका होटल र डान्स रेष्टुरेन्टहरुमा नाबालक केटीलाई जबर्जस्ती काम लगाउने गरेको सूचनाका आधारमा बुधबार राति छापा मारेर बालिकाको उद्धार गरेको हो ।
जसमध्ये ठमेलबाट तीन, कोटेश्वरबाट दुई, बालाजुबाट ११, गोँगबुबाट १४ र वानेश्वरबाट नौ जनालाई नियन्त्रणमा लिएको हो । उद्धार गरेकामध्ये ३२ जनालाई माइती नेपाल र सात जनालाई सिबिन नेपाल पठाएको छ ।
प्रहरीले नाबालकलाई काममा लगाउने बेबो डान्स रेष्टुरेन्ट ठमेलका सञ्चालक दावा लामा, रिभर साइड डान्स रेष्टुरेन्ट गोँगबुका सञ्चालक शेरबहादुर तामाङ, रक डान्सबार गोँगबुका सञ्चालक विजयसिंह लामा, सिभिला डान्स रेष्टुरेन्ट गोँगबुका मेनेजर अष्ट तामाङ, डेबिट फल डान्स रेष्टुरेन्ट गोँगबुका मेनेजर शिशिर राई, स्टेज डान्स बार गोँगबुका सञ्चालक दयाराम टटाला, टाइगर टप रेस्टुरेन्ट नयाँबानेश्वरका सञ्चालक सुमन श्रेष्ठ र न्यू टाउन रेष्टुरेन्ट नयाँबानेश्वरका सञ्चालक विपिन श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख विश्वराज पोखरेलले नाबालक केटाकेटीलाई जबर्जस्ती काम लगाउने, शारीरिक एवम् मानसिक दुव्र्यवहार गर्ने, पारिश्रमिक नदिने, कुटपिट तथा डरत्रास देखाउने गरेको बताउनुभयो । पक्राउ परेका होटल तथा डान्स बार सञ्चालकलाई सार्वजनिक मुद्दा चलाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...