पान धेरै खाएपछि अस्पताल पुगे कामेश्वर
- Posted: Thursday, May 31, 2018 14:33 PM ( 5 years ago )
काठमाडौं, जेठ १७ – जेठ १८ गतेदेखि प्रदर्शनमा आउन लागेको सिनेमा ‘अमेरिका ब्याइज’को टिमले प्रचार–प्रसारलाई बनाएको छ ।
सिनेमाको प्रचार–प्रसारकै क्रममा चिया चौतारीमा आइपुगेका सिनेमाका मुख्य कलाकारमध्येका दुई अभय बराल र सृष्टि कार्कीले सिनेमा छायाकंनका क्रममा रमाइला कुराहरु सेयर गरेका छन् । यो सिनेमामा पानको प्रयोग धेरै भएको छ ।
अभयले ६० दिनको छायाकंनका क्रममा १२ सय पान प्रयोग भएको बताउँदा सृष्टिले सिनेमाका कलाकार कामेश्वर चौरासिया पान धेरै खाँदा हस्पिटल नै जानु परेको सम्झिइन् । सिनेमाको छायाकंनका क्रममा कामेश्वर खाना पनि पानको स्वादमा खान्थे ।
पान धेरै खाएका कारण उनको गालाको छाला नै गएर खाना खान समेत गाह्रो भएको थियो । कामेश्वर राम्रोसँग मुख खोल्न नसक्ने स्थितिमा पुगेपछि अस्पताल जानु परेको थियो ।
यो सिनेमामा पान नै भिलेन भएको खुलासा सिनेमाका कलाकारले गरेका छन् । तर त्यो कसरी हो थाहा पाउन भने सिनेमा हेर्नु पर्ने हुन्छ ।
प्रवेश पौडेल निर्देशित यस सिनेमामा अर्पण थापा, सुनिल थापा, सन्दिप क्षेत्री, हरिहर शर्मा, कामेश्वर चौरासिया, अभय बराल, आशिष प्रसाई, सृष्टि कार्की, सारदा गिरी, रश्मि भट्ट, रमा थपलिया, सुवास गजुरेल, राजु खरेल, मनिष राउतलगायतको अभिनय रहेको छ । ‘सीबर्ड्स पिक्चर्स’ र ‘बडी इन्टरटेनमेन्ट’ को ब्यानरमा निर्माण भएको सिनेमामा प्रकाश भुजेल र इन्द्रप्रसाद खरेलको लगानी रहेको छ । समिर खरेल कार्यकारी निर्माता रहेको यस सिनेमामा अनुप थापा, यमुना खरेल र राज केसी पनि सह–निर्माताको रुपमा रहेका छन् ।
विवेक पाण्डेको कथा, पटकथा र संवाद रहेको सिनेमामा दिपक आरजे र जयन जे वाईवाको संगीत, सुनिल क्षेत्री नेपाली ठिटोजको नृत्य निर्देशन र सम्राट बस्नेतको द्धन्द रहेको छ । आलोक शुक्लाले छायाकंन गरेको यस सिनेमालाई निमेष श्रेष्ठले सम्पादन गरेका छन् ।
–उज्यालो र गफगाफ डट कमको सहकार्यमा
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...