आफूभन्दा १० वर्ष कान्छा गायकसँग डेटिङमा प्रियंका
- Posted: Thursday, May 31, 2018 14:02 PM ( 4 years ago )
जेठ १७ – बलिउडकी ३५ वर्षीय अभिनेत्री प्रियंका चोपडा २५ वर्षका अमेरिकी गायक निक जोनासको प्रेममा रहेको खबर सार्वजनिक भएको छ ।
बलिउड फिल्मबाट करोडौं दर्शको मन जितेकी प्रियंका चोपडा एकाएक हलिउड तिर लागिन् । हलिउडबाट समेत उनले चाहेको सफलता हात पारिन् । उनको प्रशंसक तथा दर्शकको संख्या बढ्नुको साथै उनी संसारभर चर्चित भइन् ।
हलिउडमा पनि उनी बारम्बार हेडलाइनमा छाइरहेकी हुन्छिन् । यतिबेला उनको चर्चा अझै चुलिएको छ । यसको कारण भने उनको कुनै फिल्म वा अभिनय होइन । उनी निजी जीवनका कारण चर्चामा आएकी हुन् । गायक निकसँग प्रियंकाको भेट सन् २०१७ मा भएको थियो । पछिल्लो समयमा धेरैजसो समय यी दुवै सँगै समय बिताइरहेका देखिन्छन् ।
हालै दुवैजना लस–एञ्जल्सको एक रंगशालामा भइरहेको फुटबल प्रतियोगिता हेर्ने क्रममा एकसाथ देखिएका थिए । साथै दुवैजना साथीहरुका साथ समुन्द्रमा पानीजहाजमा रमाइलो गरिरहेको फोटोहरु पनि सार्वजनिक भएका थिए । साथै यी दुवै गएको वर्षको ‘मेट गाला’मा पनि सँगै सहभागी भएका थिए ।
गएको वर्ष जिम्मी किम्मेलले अन्तरवार्ताको क्रममा प्रियंकालाई निकसँगको निकटतालाई लिएर दुवै प्रेममा रहेको कुरा सोधिएको थियो । प्रियंकाले त्यस प्रश्नको जवाफमा हाँस्दै आफूहरुबीच राम्रो मित्रता रहेको कुरा बताएकी थिइन् ।
प्रियंका र निक एक अर्कालाई डेट गरिरहेको खबरहरुप्रति प्रियंका र निकल दुवैले कुनै प्रतिक्रिया जनाएका छैनन् । ३५ वर्षिया प्रियंकाले हलिउडमा चर्चित क्वान्टिको सिरिजको तेस्रो संस्करणको छायाँकंनको काम सकेकी छिन् । निक जोनास अमेरिकाका चर्चित गायक हुन् ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
- कर्णाली प्रदेश सरकारको सय दिन : ‘संघीय सरकारका कारण काम गर्ने वातावरण पाएनौँ’
- बोल्ड सिन दिँदा घरमा समस्या छैनः सोनम, करीनाको लुगा देखेर सैफ रिसाए
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- अर्कैकाे नाममा ट्रायल दिन अाउने परीक्षार्थी पक्राउ
News in English More
Download Programs More
Opinion Poll
Loading...