अर्कैकाे नाममा ट्रायल दिन अाउने परीक्षार्थी पक्राउ
- Posted: Thursday, May 31, 2018 13:43 PM ( 3 years ago )
भक्तपुर, १७ जेठ – यातायात व्यवस्था कार्यालय भक्तपुरले सञ्चालन गरेको सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) परीक्षा दिन आउने नक्कली परीक्षार्थीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मध्यपुरथिमि नगरपालिका–९, राधेराधेमा रहेको ईजीवे ट्रायल सेन्टरमा सञ्चालित परीक्षामा मोटरसाइकलको ट्रायल परीक्षा दिन आएका दुई नक्कली परीक्षार्थी र पास गराइदिन्छु भन्ने गिरोह मध्येको एकजनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काभ्रेको पाँचखाल–६, बस्ने ५० वर्षका प्रेम अधिकारी रहेका छन् । उनलाई यातायातका कर्मचारी, परीक्षामा बस्ने ट्राफिक प्रहरी र ट्रायल सेन्टरका मान्छेसँग कुराकानी गरी गोप्य रुपमा सक्कली सवारी चालक अनुमति पत्र बनाइदिन्छु भनेर परीक्षार्थीसँग रकम उठाउँदै आएको अभियोगमा प्रहरी वृत्त थिमिबाट खटिएको प्रहरीले उनीहरुलाई ट्रायल सेन्टरबाटै पक्राउ गरेको हो ।
पक्राउ परेका अधिकारीलाई बिहीबार ने सार्वजनिक अपराधमा ऐन अन्तर्गत मुद्दा चलाई म्याद थप गरी आवश्यक अनुसन्धान सुरु गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिनुभयो । यसैक्रममा त्यही ट्रायल सेन्टरमा ट्रायल परीक्षा दिन आएका नक्कली परीक्षार्थीलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
सिन्धुलीको पोखरी गाउँपालिका–५, स्थायी घर भएका २० वर्षीय टिकाराम चौलागार्इंको नाममा मोटरसाइकलको ट्रायल परीक्षा दिंदै गरेको अवस्थामा तेह्रथुम जिल्ला, ईवा गाउँपालिका–१, घरभई हाल ललितपुर जिल्ला लामाटार बस्ने ३० वर्षका धनकुमार ईङमान (लिम्बु) लाइ पनि नक्कली परीक्षार्थीका रुपमा पक्राउ गरिएको छ ।
उनीसँगै भक्तपुर–१० घर भई अहिले सूर्यविनायक नगरपालिका बस्ने २० वर्षीय सनिस पाक श्रेष्ठको नाममा मोटरसाइकलको ट्रायल परीक्षा दिंदै गरेको अवस्थामा लेटाङ गाउँपालिका–८, मोरङ घर भई अहिले ललितपुर लुभु बस्ने ३१ वर्षीय अर्जुन राईलाई प्रहरी वृत्त थिमीको टोलीले पक्राउ गरी थप अनुसन्धान सुरु गरेको छ ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...