Total Hits: 1.6 K

अर्थविद्हरुको टिप्पणी : सरकारले लक्ष्यअनुसारको बजेट ल्याउन सकेन

  • Posted: Thursday, May 31, 2018 13:25 PM ( 2 years ago )

काठमाडौं, जेठ १७ – अर्थविद्हरुले सरकारले लक्ष्य अनुसारको बजेट ल्याउन नसकेको बताएका छन् ।

अर्थविद्हरु दीपेन्द्रबहादुर क्षेत्री, पृथ्वीराज लिगल, डाक्टर जगदिशचन्द्र पोखरेलले सरकारले लक्ष्य अनुसार बजेट ल्याउन नसकेको बताउनु भएको हो ।

बिहीबार काठमाडौंमा आयोजित बजेटसम्बन्धि छलफल कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहनु भएका अर्थविद् क्षेत्रीले पाँच वर्ष भित्र दोहोरो अंकले आर्थिक वृद्धि गर्ने लक्ष्य अनुसार बजेट आउन नसकेको बताउनुभयो ।

उहाँले आर्थिक वृद्धिलाई ८ प्रतिशत पुर्‍याउने सरकारको लक्ष्य पनि बजेटले पूरा गर्नेमा आफू विश्वस्त नभएको बताउनुभयो । अर्थविद् क्षेत्रीले आर्थिक वृद्धिदरलाई बढाउन सरकारले वार्षिक रुपमा १७ खर्ब कम्तिमा खर्च गर्नुपर्ने बताउनुभयो ।

अर्थविद् एवम् योजना आयोगका पूर्व उपाध्यक्ष पृथ्वीराज लिगलले घोषणा गरिएका कार्यक्रमलाई धान्ने गरी बजेट नआएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले गरिबी निवारण र रोजगारीको अवसर श्रृजनाका लागि एकीकृत कार्यक्रम ल्याउनु भने बजेटको सकारात्मक पाटो रहेको पनि स्पष्ट पार्नुभयो ।

अर्का अर्थविद् एवम् राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्ष डा. जगदिशचन्द्र पोखरेलले बजेट प्रजातान्त्रिक मूल्य, मान्यता अनुसार नआएको दावी गर्नु भयो । उहाँले युवाहरुलाई परिचालन गरेर मुलुकलाई समृद्ध बनाउने अभियानमा अघि बढने कामलाई पनि बजेटले प्राथमिकता नदिएको उल्लेख गर्नुभयो ।

अर्थविद् पोखरेलले प्रविधि विकासबाट मुलुकलाई समृद्ध बनाउने दिशामा पनि बजेटले खासै चासो नदिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook