सन्दीपले अफ्रिदीको कप्तानीमा विश्व ११ बाट आज खेल्दै
- Posted: Thursday, May 31, 2018 12:52 PM ( 3 years ago )
काठमाडौं, जेठ १७ – नेपाली क्रिकेटर सन्दीप लामिछाने सम्मिलित टिम विश्व एघारले वेष्ट इण्डिज एघारसँग विहीबार खेल्दैछ । इंग्ल्याण्डको लड्र्समा हुने खेलमा सन्दीपले विश्व ११ का सबैभन्दा कान्छा खेलाडीका रुपमा खेल्नेछन् ।
को को छन् सन्दीपको टिममा
विश्व ११ टिममा शाहिद अफ्रिदी (कप्तान) छन् ।
उनीसँगै दिनेश कार्तिक, मिचेल म्याकलेनाघन, थिसरा परेरा, रासिद खान, ल्युक रोन्ची, सोएब मलिक, तमिम इकवाल, आदिल रसिद, मोहम्मद सामी, साम विलिङ्स, टम कुरान र टायमल मिल्स छन् ।
यस्तै, वेस्ट इन्डिज टिमको कप्तानमा कार्लोस ब्राथवेट छन् । अरु खेलाडीमा रायद इमरिट, आन्द्रे फ्लेचर, क्रिस गेल, एभिन लुइस, एस्ले नर्स, किमो पउल, रोमम्यान पोवेल, दिनेश रामदिन, आन्द्रे रसेल, स्यामुयल बद्री, मार्लोन सामुयल्स र केस्रिक विलियम्स छन् ।
वेस्ट इन्डिजमा गत वर्ष आएको आँधीका कारण भत्किएको रंगशाला निर्माणमा सहयोग जुटाउन खेल आयोजना गरिएको हो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले विश्व एघार टिममा सन्दिपलाई पनि समावेश गरेपछि उनी गएको सोमबार इंग्ल्याण्ड गएका हुन् ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...