धुलोले घरमा बस्नै नसक्ने भएपछि स्थानीयले गरे चक्काजाम
- Posted: Thursday, May 31, 2018 10:55 AM ( 3 years ago )
महोत्तरी, जेठ १७ – धुलोले जनजीवन अस्तव्यस्त भएपछि महोत्तरीको वर्दिबासमा विहीबार बिहान स्थानीयले चक्काजाम गरेका छन् । बर्दिबास नगरपालिका क्षेत्रमा पर्ने बर्दिबास–औरही–जलेश्वर सडक खण्डमा गाडी ओहोरदोहोर गर्दा अत्याधिक मात्रामा धुलो उडेपछि स्थानीयले गाडी चलाउन रोक लगाएका हुन् ।
वर्दिबास नपा–२ आदर्श टोल विकास संस्थाको अगुवाईमा गाडी चलाउन रोक लगाइएको हो । सडकको धुलोले हैरान बनाएको भन्दै स्थानीयले नगरपालिका कार्यालयमा एक महिना अघि नै नियन्त्रणका लागि ज्ञापनपत्र बुझाएका थिए ।
भर्खरै सडक डिभिजन कार्यालय जनकपुरले माटो हालेर भत्किसकेको सडकको खाल्डाखुल्डी सम्याएपछि झन् धुलो उड्न थालेको छ । आदर्श टोल विकास संस्थाका अध्यक्ष दीपेन्द्र झाले धुलोले घरमा पनि बस्न नसकेपछि आन्दोलनमा उत्रिएको प्रतिक्रिया दिनुभयो ।
उनीहरुले तुरुन्त पानी छर्किएर धुलो कम गरेर सवारी सञ्चालन गर्न, सडकको स्तरोन्नतिका लागि अहिलेबाट आवश्यक काम सुचारु गर्न र भत्केको सडकमा ग्राभेल गर्न पनि माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...