उत्तर कोरीयाली उच्च अधिकारी २० वर्षपछि पुगे अमेरिका
- Posted: Thursday, May 31, 2018 09:06 AM ( 3 years ago )
जेठ १७ – अमेरिकासँग हुने भनिएको वार्ताका बारेमा थप छलफल गर्न उत्तर कोरियाली उच्च अधिकारी अमेरिका पुगेका छन् । उत्तर कोरियाका उच्च पदस्थ कूटनीतिज्ञ जनरल किम योङ चोल अमेरिकी विदेश मन्त्री माइक पोम्पेओसँग छलफलमा रहेको बीबीसीले जनाएको छ ।
चोल झण्डै २० वर्षमा अमेरिकाको भ्रमण गर्ने उत्तर कोरीयाको पहिलो उच्च अधिकारी हुनुहुन्छ । भ्रमणलाई उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हुने भनिएको वार्ताको तयारीका रुपमा लिइएको छ । अमेरिका पुगेका यी उच्च अधिकारीलाई उत्तर कोरियाली नेता किमको दायाँ हातका रुपमा चिनिन्छ ।
ट्रम्प र किमबीच जुन १२ तारिखमा नै वार्ता हुने सम्भावना बढ्दै गएको विश्लेषण भइरहेका बेला उत्तर कोरीयाली उच्च अधिकारीले अमेरिका भ्रमण गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...