आज विश्व धुम्रपान रहित दिवस : नेपालमा सुर्तीसेवनबाट बर्सेनि २५ हजारभन्दा बढीको मृत्यु
- Posted: Thursday, May 31, 2018 08:24 AM ( 3 years ago )
काठमाडाैं, जेठ १७ – सुर्तीजन्य पदार्थको सेवन र हृदयरोगको सम्भावना भन्ने नाराका साथ आज विश्व धुम्रपान तथा सुर्ती रहित दिवस मनाइँदैछ ।
धुमपानका कारण हुने क्षति न्युनिकरण र सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने उद्धेश्यले विश्व स्वास्थ्य संगठनको अह्वानमा मे ३१ तारिखमा यो दिवस मनाउने गरिन्छ । सुर्तीजन्य पदार्थको प्रयोग घटाउन सके ११ प्रतिशत मृत्यु घटाउन सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा सुर्तीजन्य पदार्थकै कारण बर्सेनि २५ हजारभन्दा बढी मानिसको ज्यान जाने गरेको सरकारी तथ्याङ्क छ । चुरोट सुर्तीले खानेलाई मात्र नभएर यसको आसपासमा बस्नेलाई पनि असर गर्छ । धुमपान गर्ने धेरैजसोलाई फोक्सो र मुखको क्यान्सर हुने गरेको छ भने पछिल्लो तथ्याङले कलेजोमा पनि असर पर्ने देखाएको छ ।
गर्भवती भएका बेला सूर्ती तथा चुरोट खाँदा पेटमा भएको बच्चाको कलेजो बिगार्ने अनुसन्धानकर्ताले बताएका छन् । सुर्तीजन्य पदार्थको प्रयोगले बर्सेनि हजारौँ मानिसले क्यान्सर, मुटु, हृदयाघात, स्ट्रोकजस्ता समस्याबाट ज्यान गुमाउने पनि सरकारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...