बजेटका लक्ष्य पूरा हुन्छन्, शंका नगर्नुहाेस् : अर्थमन्त्री
- Posted: Thursday, May 31, 2018 06:55 AM ( 3 years ago )
काठमाडौं, जेठ १७ – सरकारले संघीय संसद्को दुवै सदनमा प्रस्तुत भएको आर्थिक वर्ष २०७५/७६ को बजेटका लक्ष्य तथा कार्यक्रम कार्यान्वयन हुने दावी गरेको छ ।
अर्थ मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. युवराज खतिवडाले कृषि तथा सेवा क्षेत्रमा हुने विस्तार एवं वृद्धिले आगामी आवका लागि लिइएको आठ प्रतिशतको आर्थिक वृद्धिदरसहितका अन्य लक्ष्य पूरा हुने दावी गर्नुभयो ।
उहाँले भन्नुभयो, “कृषि क्षेत्रको औसत वृद्धिदर ४.५ प्रतिशत हो, १२ प्रतिशतको औद्योगिक क्षेत्रको वृद्धि हामीले अपेक्षा गरेका छौँ । मेलम्ची र तामाकोशी आयोजना आगामी आवमा सम्पन्न हुने भएकाले त्यसको सकारात्मक असर पर्नेछ ।”
सिमेन्ट उद्योग र खानी क्षेत्रमा पनि उद्योग स्थापना भई सञ्चालनमा आउने विश्वास व्यक्त गर्दै उहाँले औद्योगिक क्षेत्रको वृद्धिदरमा शंका नगर्न आग्रह गर्नुभयो ।
त्यस्तै, सेवा क्षेत्रमा १२ प्रतिशतले विस्तार हुने र बजेटको लक्ष्य पूरा हुने दाबी पनि अर्थमन्त्री डा. खतिवडाले गर्नुभयो ।
औद्योगिक र सेवा क्षेत्रमा आएको विस्तार तथा सरकारले अगाडि बढाएका रोजगारीसम्बन्धी कार्यक्रमले आगामी आर्थिक वर्षमा थप पाँच लाख व्यक्तिले रोजगार पाउने उहाँको भनाइ थियो ।
कृषि क्षेत्रमा उत्पादनमा वृद्धि भई मूल्यमा स्थिरता आउने भएकाले बजेटले राखेको ६.५ प्रतिशतको मुद्रास्फीतिलाई नियन्त्रणमै राख्न सकिने विश्वास पनि अर्थमन्त्री डा खतिवडाले व्यक्त गर्नुभयो ।
सरकारले नियमन गर्ने कार्यमा कडाइ गर्ने प्रष्ट पार्दै अर्थमन्त्री खतिवडाले भन्नुभयो, “राज्यको मार्ग दर्शनभन्दा बाहिर कोही पनि जान पाउँदैन । राज्यले व्यवसाय गर्ने अवसर सबैलाई दिन्छ तर उनीहरूले पालना गर्नुपर्ने दायित्व पूरा गराइन्छ । राज्यले जनताका पक्षमा गर्न खोजेका कुरालाई अनादर गर्ने छुट कसैलाई हुँदैन ।”
वित्तीय संघीयता कार्यान्वयनका लागि सरकारले पहिलो पटक बजेट ल्याएकाले तथ्याँकको तुलना गर्न कठिनाइ भए पनि सरकारले नागरिकलाई रोजगारी उपलब्ध गराएर स्वाभिमानी बनाउने गरी बजेट आएको अर्थमन्त्री डा खतिवडाले बताउनुभयो ।
रोजगारीसहित जनताको स्वास्थ्य, शिक्षा र वित्तीय पहुँचलाई बजेटले ध्यान दिएको दावी गर्दै उहाँले आर्थिक–सामाजिक रुपान्तरणमा बजेटको विशेष जोड रहेको स्पष्ट पार्नुभयो ।
पाँच वर्षमा कृषि उत्पादनलाई दोब्बर गर्ने र निर्माण सामग्रीमा आत्मनिर्भर बनाउँदै लगिने उल्लेख गर्दै अर्थमन्त्री डा खतिवडाले अन्तर्राष्ट्रिय सीमानाकाका सडक विस्तार, सुरुङ मार्गको प्रविधि र रेल्वेको विकासमा बजेटले जोड दिएको बताउनुभयो ।
निर्यात प्रवद्र्धन गर्ने उद्योगलाई रातो कार्पेट बिछ्याएर स्वागत गरिने बताउँदै उहाँले भन्नुभयो, “निजी क्षेत्र र अन्तर्राष्ट्रिय लगानीका लागि उपयुक्त वातावरण बनाउँछौँ । त्यसका लागि आवश्यक पर्ने नीतिगत व्यवस्था गर्नेछौँ ।”
प्रतिस्पर्धात्मक तवरले ठूला आयोजनालाई अगाडि बढाउने बताउँदै डा. खतिवडाले भन्नुभयो, “लगानीकर्तालाई ठूला आयोजनामा लगानी गर्न आह्वान गरेका छौँ ।”
बजेट कार्यान्वयनमा सबै निकायको सहयोग अपेक्षित रहेको पनि उहाँले बताउनुभयो । रासस
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...