दाङको सिरक–डसना उद्योगमा ठूलो आगलागी
- Posted: Wednesday, May 30, 2018 20:44 PM ( 3 years ago )
दाङ, जेठ १६ – दाङको तुलसीपुर–९, मा रहेको राजु तामाङको दोघरे सिरक डसना उद्योगमा बुधबार साँझ ठूलो आगलागी भएको छ ।
उद्योगमा लागेको आगो तीन घण्टा बित्दा पनि निभाउन सकिएको छैन । आगलागीबाट लाखाँैको धनमाल जलेर नष्ट भएको छ । विद्युत सर्ट भई लागेको आगोका कारण सिरक, डसना बनाउन प्रयोग गरिने कच्चा पदार्थ, कपास, मेसिन, उपकरण, तयारी अवस्थामा राखिएका सिरक, डसना, तकियालगायतकासामग्री जलेर नष्ट भएको पीडित परिवारले बताएको छ ।
उद्योगमा आगलागीको घटना भए लगत्तै स्थानीयबासी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तुलसीपुर उपमहानगरपालिको दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । प्रारम्भिक जानकारी अनुसार झण्डै ३० लाखको क्षति भएको र अझै विस्तृत विवरण आउँन बाँकी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभएका ेछ ।
तस्बिर : बालाराम खड्का
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...