फलोअप : युएईको सारजाहमा अलपत्र १० नेपाली नेपाल फर्किए
- Posted: Wednesday, May 30, 2018 19:46 PM ( 3 years ago )
उमाकान्त पाण्डे/उज्यालो ।
युएई, जेठ् १६ – युएईको सारजाहमा गएको तीन महिनादेखि अलपत्र १० जना नेपाली कामदार आज नेपाल फर्किएका छन् ।
काठमाडौंको दिया रिक्रुमेन्ट सर्भिसेस मार्फत सारजाहको लिडरसिप सेक्युरिटी कम्पनीमा आएका १० जना कम्पनीले सम्झौता अनुसारको सेवा सुविधा नदिएपछि अलपत्र परेका थिए । नेपाली अलपत्र परेको बारे समाचार उज्यालोमा प्रकाशित भएपछि नेपाली दूतावास आबुधाबीले चासो देखाएको थियो ।
प्रतिव्यक्ति साढे ३ तीन लाख रुपैयाँ तिरेर १७ सय दिर्हाम बेसिक तलबको सम्झौतामा आठ महिनाअघि युएई आएका उनीहरुलाई गएको दुई महिनादेखि तलब नै दिएको थिएन् । काम गरेको दुई महिनाको तलब नै नलिई उनीहरु आज नेपाल फर्किएका हुन् । कम्पनीले डिपीएस फेल भएको भन्दै उनीहरुलाई दुई महिनाको तलब नदिएको पीडितहरुको भनाइ छ ।
नेपाल फर्किनेहरुमा सोलुखुम्बुका शेरबहादुर कार्की, दैलेखका शिबराज सिंह, सिरहाका प्रविणबहादुर कार्की, मकवानपुरका अतिराज उप्रेती, इलामका राजेन्द्र लिम्बु, नवलपरासीका सुरज राजभण्डारी, सर्लाहीका सञ्जित राम, सुनसरीका रोशन बुढाथोकी, मोतिराम तिमिल्सिना र बाराका नारायण पौडेल हुनुहुन्छ ।
काठमाडौंबाट घरसम्म पुग्ने गाडी भाडा पनि नभएपछि दूतावासले दुवईमा रहेका म्यानपावरका एजेण्टलाई कारवाही गर्ने चेतावनी दिएको थियो । चेतावनीपछि म्यानपावर काठमाडौंबाट घर पुग्ने भाडा दिन सहमत भएको युएईका लागि श्रम सहचारी मोतिराम भुसालले जानकारी दिनुभयो ।
दुई बर्ष पहिले दुतावासले सो कम्पनीलाई कालो सुचीमा राखेर वैदेशिक रोजगार विभागमा सिफारिस गरेको गरेको भएपनि त्यही कम्पनीमा फेरि कामदार आउनुमा ठूलै चलखेल भएको हुनसक्ने कम्पनीमा पहिलेदेखि कार्यरत नेपालीको भनाई छ । दुतावासले १० नेपालीलाई नेपाल पठाए लगत्तै सम्बन्धित कम्पनीलाई कालोसुचीमा राखेर विभागलाई सिफारिस गरेको र आगामी दिनमा यो कम्पनीमा नेपाली नपठाउन भनेको छ । दुतावास आफैंले मागपत्र प्रमाणीकरण गर्ने भएकोले यो कम्पनीमा अब कामदार ल्याउन नदिने कार्यबहाक राजदुत सागरप्रसाद फुयाँलले बताउनुभयो ।
१० नेपाली अलपत्र परेको बारे उज्यालोमा समाचार प्रकाशनपछि सोही दिन उनीहरुलाई युएईमा सकृय युवाहरुले खानाको व्यवस्था गरेका थिए भने एनआरएन युएईले दुई सय दिर्हामसहयोग गरेको थियो ।
नेपाली अलपत्र परेको विषयमा यसअघि उज्यालोमा प्रकाशित खबर पनि पढ्नुहोस् ।
युएईमा १० जना नेपाली अलपत्र, कालोसूचीमा परेको कम्पनीमा कसरी आए कामदार ?
उज्यालोको समाचार प्रभाव स् युएईमा अलपत्र १० जनालाई खानाको व्यवस्था जुट्यो
कामदार अलपत्र पारेपछि यी म्यानपावर र रोजगारदाता कम्पनी कारबाहीको सूचीमा
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
- राष्ट्रपति र प्रधामन्त्रीको फोटो जोडी अश्लील स्टाटस राख्ने ‘जुँगे’ पक्राउ
- नयाँ दल देशको भविष्यको संकेत : ओली
- नदी दोहन : कर्मचारीको मिलेमतोमा अवैधानिक रुपमा एक करोड २० लाख संकलन
- नेकपाको दस्तावेजमा ‘जनयुद्ध’ राख्नु कागको पखेटामा मयूरको प्वाँख हालेजस्तै हो : डा. भट्टराई
- हलिउड अभिनेताले सलमानलाई बधाई दिन बबीको पोष्टर सेयर गरेपछि...
News in English More
Download Programs More
Opinion Poll
Loading...