गगन थापालाई प्रधानमन्त्रीको जवाफ : म महाराजा होइन, राजा फालेर आएको व्यक्ति हूँ
- Posted: Wednesday, May 30, 2018 19:43 PM ( 3 years ago )
काठमाडौं, जेठ १६ – प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बालकृष्ण ढुंगेलको कैद सजाय मिनाहा संविधान र कानुनसम्मत ढंगले भएको स्पष्ट पार्नु भएको छ ।
प्रधानमन्त्री ओलीले फौजदारी अभियोग लागेर कारगार चलान भएका ढुंगेललाई अरु कैदी सरह कैद मिनाहा गरिएको पनि उल्लेख गर्नुभयो ।
बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले ढुंगेललाई आफूले व्यक्तिगत रुपमा नभेटेको तथा उहाँको आचरण सही रहेको सिफारिस कारगार व्यवस्थापन विभागले गरेको स्पष्टीकरण पनि दिनुभयो ।
प्रधानमन्त्री ओलीले ढुंगेललाई महाराजाको शैलीले कैद मिनाहा गरेको भन्ने कांग्रेस नेता गगन थापाको टिप्पणीप्रति आपत्ति जनाउँदै आफू महाराजा नभई राजालाई फालेर आएको व्यक्ति भएको पनि बताउनुभयो ।
प्रधानमन्त्री ओलीले सरकार देश र जनताको सेवामा विचलित नभई लागि रहने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...