यो सिजनको आईपीएलमा कस्ता रेकर्ड बने, के–के रोचक भए ?
- Posted: Wednesday, May 30, 2018 19:36 PM ( 5 years ago )
जेठ १६ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०१८ को फाइनलमा पछिल्लो १० वर्षमा नभएको रेकर्ड कायम भएको छ ।
चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादलाई यो सिजनमा चार पटक हरायो । चेन्नई र हैदराबाद दुई पटक लिग चरणमा प्रतिस्पर्धा गरे भने एक पटक प्लेअफमा अनि एक पल्ट फाइनलमा ।
गोल्डेन ब्याट
१७ म्याचमा ८ अर्धशतक र ५२.२० को औसतमा ७३५ रन बनाउने केन विलियम्सन आईपीएलको यो संस्करणमा सर्वाधिक रन बनाउँदै गोल्डेन ब्याटको विजेता बने । यो सिजनमा सर्वाधिक अर्धशतक पनि केन विलियम्सनले नै बनाए ।
विलियम्सनपछि दिल्लीका ऋषभ पन्त ६८४ रनका साथ दास्रो, पञ्जाबका के एल राहुल ६५९ रनसहित तेस्रो, चेन्नईका अम्बाती रायडू ६०२ रनका साथ चौथो र चेन्नईकै शेन वाटशन ५४८ रनसहित पाँचौं स्थानमा रहे ।
टिममा सर्वाधिक रन
टिमले पूरा प्रतियोगिताभर बनाएको रनमध्ये सर्वाधिक रनको योगदान दिने हिसाबले पञ्जाबका लोकेश राहुलले २९.८२ प्रतिशतसहित पहिलो स्थानमा रहे भने दिल्लीका ऋषभ पन्त २९.१९ प्रतिशतका साथ दोस्रो स्थानमा रहे ।
५ शतक
यो सिजनमा जम्मा पाँच शतक बनाइए । चेन्नईका शेन वाट्सनले मात्र दुई शतक बनाए । उनीबाहेक क्रिश गेल, अम्बाती रायडू र ऋषभ पन्तले पनि एक–एक शतक बनाए ।
सबैभन्दा ठूलो इनिङ
सबैभन्दा ठूलो इनिङ दिल्लीका ऋषभ पन्तको रह्यो । उनले हैदराबादविरुद्ध ६३ बलमा १२८ रन बनाएका थिए ।
सबैभन्दा बढी छक्का
सबैभन्दा बढी छक्का दिल्लीका ऋषभ पन्तले प्रहार गरे । उनको नाउँमा ३७ छक्का रह्यो । दोस्रोमा ३५ छक्कासहित शेन वाट्सन र ३४ छक्कासहित अम्बाती रायडू तेस्रो स्थानमा रहे । सर्वाधिक चौका प्रहार गर्नेमा ऋषभ पन्त ६८ चाैकासहित पहिलो, ६६ चाैकासहित के एल राहुल दोस्रो र ६४ चाैकासहित केन विलियम्सन तेस्रो स्थानमा रहे ।
चेन्नईका कप्तान महेन्द्रसिंह धोनीले १५ खेलमा ७५.८३ को औसतका साथ ४५५ रन बनाउँदै उत्कृष्ट खेल प्रदर्शन गरे । उनको रन औसत अन्य खेलाडीहरुको भन्दा अब्बल रह्यो ।
गोल्डेन बल
किंग्स इलाभेन पञ्जाबका एण्ड्रयु टाइले १८.६६ को औसतमा सर्वाधिक २४ विकेट लिँदै गोल्डेन बल प्राप्त गरे । उनीभन्दा पछि हैदराबादका रशिद खान र सिद्धार्थ कौलले समान २१–२१ विकेट लिएका थिए ।
बेष्ट बलिङ फिगर
प्रतियोगिताभरकै सबैभन्दा राम्रो बलिङ फिगर चेन्नईका लुगी एनगिडीकाे नाममा रह्यो । उनले पञ्जाबविरुद्ध ४ ओभरमा १० रनमात्र दिएर चार विकेट लिएका हुन् । उनकाे बलिङ इकाेनाेमी रेट २ दशमलब ५० रह्याे ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...