Total Hits: 0

भवन नबनाउने ठेकेदार कागज गरेर छुटे

  • Posted: Wednesday, May 30, 2018 18:59 PM ( 3 years ago )

किरण लोहनी/उज्यालो । 

गोरखा, जेठ १६ – म्याद सकिएको दुई वर्ष हुँदा पनि स्वास्थ्य चौकी भवन निर्माण पूरा नगरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएका निर्माण ब्यवसायी नारायण श्रेष्ठलाई रिहा गरेको छ । 

गोरखाको भीमसेन थापा गाउँपालिका–७, बोर्लाङका वडाध्यक्षसमेत रहेका निर्माण व्यवसायी श्रेष्ठलाई हिजो प्रहरीले नियन्त्रणमा लिएको थियो । अलपत्र रहेको भवन निर्माणको काम तत्कालै शुरु गर्ने कागज गराएर उनलाई रिहा गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताउनुभयो । निर्माण व्यवसायीसँगै जनप्रतिनिधि पनि भएकाले कागज गराएर छोडिएको उहाँको भनाई छ । 

श्रेष्ठलाई निर्माण ब्यवसायी संघ गोरखाका पदाधिकारीको रोहबरमा छोडिएको भट्टराईले बताउनुभयो । २०७१ वैशाख २१ मा धुलिखेल निर्माण सेवाले ठेक्का पारेको बोर्लाङ स्वास्थ्य चौकीको भवन बनाउने कामको जिम्मा श्रेष्ठले लिनुभएको थियो । तर २०७३ असार ३ गते सम्झौता अवधि सकिँदासम्म भवन निर्माणको ७० प्रतिशत मात्रै काम भएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले जनाएको छ । 

झण्डै दुई करोड रुपैयामा ठेक्का सम्झौता गरि काम शुरु भएपनि दुई वर्षयता भने श्रेष्ठले भवन निर्माणको काम अलपत्र पार्नुभएको थियो । श्रेष्ठले भने कार्यालयले हालसम्मको कामको भुक्तानी नगरेकाले बाँकी काम पूरा गर्न नसकेको बताउँदै आउनुभएको छ । जिल्ला प्रशासन कार्यालयले श्रेष्ठबाहेक अरु ८ निर्माण व्यवसायीलाई पक्राउ गर्न हिजो वारेन्ट जारी गरेको छ । 

प्रशासनको पत्रमा उल्लेख भएका व्यवसायीहरुको खोजी कार्य जारी रहेको प्रहरी प्रमुख एसपी विमल वस्नेतले बताउनुभयो । सम्झौता अवधि सकिँदासम्म ८० प्रतिशत काम पूरा नगरेका व्यवसायीको सूचीनै बनाएर प्रशासनले कारबाही प्रक्रिया अघि बढाएको हो । त्यस्ता ५० भन्दा बढी व्यवसायीको कामको विवरण गृह मन्त्रालयमा पनि पठाइसकिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook