प्रधानमन्त्रीलाई मुलुकी ऐन उपहार !
- Posted: Wednesday, May 30, 2018 18:08 PM ( 3 years ago )
खोटाङ, जेठ १६– पूर्वमाओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई जेलमुक्त गरेको विरोधमा नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ खोटाङले प्रधानमन्त्रीलाई मुलुकी ऐन पठाएको छ ।
ओखलढुंगाका उज्जन श्रेष्ठको हत्यकाण्डमा जेल परेका नेता ढुंगेललाई सरकारले मानव अधिकार तथा कानुनी राज्यको धज्जी उडाउँदै कैदमा माफ मिनाहा दिएकाले विरोध स्वरुप बुधबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई एक थान मुलुकी ऐन पठाइएको हो ।
आगामी दिनमा मुलुकी ऐन अध्ययन गरेर त्यसै अनुसार मर्यादीत र न्यायसंगत निर्णय लिन अनुरोध गर्दै तरुण दल र नेपाल विद्यार्थी संघले प्रधानमन्त्रीलाई मुलुकी ऐन पठाएको हो । सरकारले नागरिकको जीउ–धनको सुरक्षा गर्नुको सट्टा हत्यारा, बलात्कारी, चोर, डकैतलाई हिरासतमुक्त गर्दै नागरिकको हुर्मत लिन थालेको भन्दै तरुण दल र नेपाल विद्यार्थी संघले भत्र्सना गरेको छ ।
कर्तव्य ज्यान मुद्धामा जेल परेका ढुंगेललाई सरकारले जेलमुक्त गरेर दण्डहिनता र संक्रमणकालिन न्याय सम्बन्धी प्रतिपादीत मान्यताको बर्खिलाफ गरेको नेपाल विद्यार्थी संघ खोटाङका अध्यक्ष राजकुमार बस्नेतले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...