अहिलेको बजेटलाई पहिलाको बजेटसँग तुलना नै गर्न सकिन्न : अर्थमन्त्री खतिवडा
- Posted: Wednesday, May 30, 2018 17:24 PM ( 4 years ago )
काठमाडौं, जेठ १६ – अर्थमन्त्री डाक्टर युवराज खतिवडाले हरेक नागरिकलाई राहत मिल्ने बजेट ल्याएकैले कतिपयले दोष लगाएको बताउनुभएको छ ।
अर्थ मन्त्रालयमा भएको कार्यक्रममा मन्त्री खतिवडाले यो बजेटले हरेक नागरिकको अनुहार चिन्न सकेको भन्दै अहिलेको बजेटका धेरैजसो कुरा पहिलेका बजेटसँग तुलना नै गर्न नमिल्ने बताउनुभयो ।
युवा स्वरोजगार, स्वदेशी उद्योगलाई सहुलियत र राहत, सबै नागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने, धनी वर्गको आयकर बढाउने, पूर्वाधारमा ठूला योजनाको थालनी गर्नेलगायतका सुधारका काम बजेटमा समेटिएको भन्दै खतिवडाले पहिले जस्तो बजेट पढ्ने तर कार्यान्वयन नहुने अवस्थाको अन्त्य गरिने बताउनुभयो ।
मन्त्री खतिवडाले मेलम्ची खानेपाती आयोजना र माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको पूर्णता, नियमित विद्युत आपुर्ति, खानीजन्य उत्पादनको वृद्धि, औद्योगिक क्षेत्रमा १२ प्रतिशत वृद्धि, सेवा क्षेत्रमा साढे ५ प्रतिशत र कृषिमा साढे ४ प्रतिशत वृद्धि गरेर ८ प्रतिशतको आर्थिक वृद्धि पूरा गरेरै छाड्ने दावी गर्नुभयो ।
पूर्व अर्थमन्त्री रामशरण महतले सरकारले ‘आर्थिक वृद्धि ८ प्रतिशत पुर्याएमा रामशरण महत असफल, युवराज खतिवडा सफल मन्त्री भन्न तयार छु भन्नुभयो नि’ भन्ने एक पत्रकारको प्रश्नमा मन्त्री खतिवडाले भन्नुभयो, ‘उहाँ मैले सम्मान गर्ने मेरो टिचर पनि हो, डाक्टर महतलाई म असफल बनाउन चाहन्न, त्यसैले ८ नभनौँ ७ दशमलब ९ प्रतिशत वृद्धि भयो भने पनि म खुशी नै हुनेछ, बरु प्वाइन्ट वन भए पनि कम गर्नुपर्ला, किनभने दशकौँसम्म देशलाई नेतृत्व दिएको व्यक्तिलाई असफल बनाउन म चाहन्न, बरु एक प्वाइन्ट घटाउँला नै ।’
स्वदेशमा उद्योग गर्नेलाई रातो कार्पेट बिछ्याएर स्वागत गर्ने भन्दै मन्त्री खतिवडाले बजेट कार्यान्वय र राजश्व असुलीमा सरकारले कडा नीति अपनाउने र करको दायराबाट कसैलाई छुटकारा नमिल्ने बताउनुभयो । बुढिगण्डकी जलविद्युत आयोजनको जिम्मा कहिले यता कहिले उता दिने प्रक्रिया रोकेर सरकारले नै बनाउने भन्दै अर्थमन्त्री डाक्टर खतिवडाले अब ठुला भौतिक पुर्वाधारका क्षेत्रमा सरकारले सुधार गरेरै छाड्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
- कर्णाली प्रदेश सरकारको सय दिन : ‘संघीय सरकारका कारण काम गर्ने वातावरण पाएनौँ’
- बोल्ड सिन दिँदा घरमा समस्या छैनः सोनम, करीनाको लुगा देखेर सैफ रिसाए
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- अर्कैकाे नाममा ट्रायल दिन अाउने परीक्षार्थी पक्राउ
News in English More
Download Programs More
Opinion Poll
Loading...