विश्वकप २०१८ (प्रेडिक्सन) : कसले उचाल्ला ट्रफी, के भन्छन् ‘एक्सपर्ट’ ?
- Posted: Wednesday, May 30, 2018 17:17 PM ( 3 years ago )
जेठ १६ – विश्वकप फुटबल २०१८ जुन १४ बाट रसियामा सुरु हुनेछ । तर यस पटक विश्वकप फुटबलको ट्रफी कसले उचाल्छ भनेर अनुमान गर्न थालिएको छ ।
पाँच पल्ट विश्वकप फुटबलको ट्रफी उचालेको ब्राजिल यसपटक उपाधिहोडमा सबैभन्दा अगाडि रहेको खेल विश्लेषकहरु बताउँछन् । त्यसपछि जर्मनी, स्पेन, फ्रान्स, अर्जेन्टिना र बेल्जियम उपाधि होडमा रहेका छन् ।
इंग्ल्याण्डले सन् १९६६ को विश्वकप फुटबलको उपाधि जितेको छ । उसले एक पटक मात्रै उपाधि जितेको छ । उ पनि यसपटक उपाधि होडमा रहेको अनुमान गर्न सकिन्छ । सन् १९३४ र सन् १९३८ को विश्वकप इटलीले जितेको थियो । त्यस्तै सन् १९५८ मा जितेको विश्वकपको उपाधि ब्रजिलले सन् १९६२ मा रक्षा गरेको थियो । सन् १९६२ पछि कुनै पनि टिमले विश्वकपको उपाधि रक्षा गर्न सकेका छैन । यसपल्ट भने जर्मनी उत्कृष्ट लयमा रहेको र उपाधि रक्षा गर्न सक्ने सम्भावना रहेको खेल पण्डितहरु बताउँछन् ।
कसले जित्छ यसपल्ट विश्वकप, के भन्छन् एक्सपर्ट ?
फ्र्यांक लाम्पार्ड – जर्मनी
जर्मनी अनुभवी, युवा र उदयीमान खेलाडीहरु भएको एउटा सन्तुलित टोली हो । लेओरी सानेले यसपल्ट केही चमत्कार देखाउन सक्छन् । यसपल्ट जर्मनीले जित्ने सम्भावना प्रबल रहेको छ ।
रियो फर्डिनान्ड – फ्रान्स
गहिराईमै गएर विश्लेषण गर्ने हो भने फ्रान्सभन्दा बेल्जियमको टोली सशक्त छ । तर फ्रेन्च टोली सशक्त टोलीको समूह छ । तर उनीहरुमा प्रतिभा भए पनि बलियो मानसिकता भने छैन ।
एलन शियरर – ब्राजिल
मैले ग्याब्रियल जिससको उत्कृष्ट खेल हेर्न पाउने आशा गरेको छु । उनी युवा, जुझारु र प्रतिभावान खेलाडी हुन् । प्रतियोगिताकमै उनी स्टार खेलाडी हुनेछन् ।
ग्यारी लिनेकर – स्पेन
मैले स्पेनले नै जित्छ भन्न चाहन्छु । अरु विजेता टोलीजस्तो बलियो टोली नभए पनि स्पेनसँग कुशल खेलाडीहरु छन् । उनीहरुको कुशलताले विश्वकपमा उत्कृष्ट प्रदर्शन हेर्न पाइनेछ ।
केविन किलबेन – स्पेन
स्पेनिस टोलीमा ठूला खेलाडी रहेका छन् । साथै स्पेनिस टोलीको सबै पंक्ति रहेको छ । क्लब लेभलमा ठूला उपाधि जिताएका खेलाडी पनि स्पेनिस टोलीमा रहेका छन् । लाग्छ, फुटबल उनीहरुको डीएनएमै छ ।
स्याम एलरडाइस – फ्रान्स
फ्रेन्च टोली निकै प्रतिभावान खेलाडीहरुले भरिपूर्ण छ । यो पटक प्रतियोगिता निकै नै प्रतिस्पर्धात्मक हुनेछ । फ्रान्सले जित्न निकै मेहनत गर्नुपर्नेछ ।
-द टेलिग्राफबाट
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...