बजेटलाई यथार्थवादी ढंगले लैजान सरकारलाई कांग्रेसले दबाब दिने
- Posted: Wednesday, May 30, 2018 15:35 PM ( 3 years ago )
काठमाडौं, जेठ १६ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बजेटलाई यथार्थवादी ढंगले कार्यान्वयनमा लैजान सरकारलाई दबाब दिने भएको छ ।
कांग्रेसको संसदीय दलको बुधबार बसेको बैठकले बजेट कार्यान्वयनको ठोस आधार तय गर्दै त्यसलाई कार्यान्वयनमा लैजान सरकारलाई दबाब दिने निर्णय गरेको हो । जनताले चाहेको विकास र समृद्धिको चाहनालाई सम्बोधन हुने गरी बजेट कार्यान्वयनमा लैजान सरकारलाई दबाब दिने निर्णय गरिएको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिनुभयो ।
कांग्रेसले बाह्य लगानी भित्रयाएर मुलुकको राष्ट्रियतालाई कमजोर बनाउने गम्भीर आशंका व्यक्त गर्दै त्यसो नगर्न पनि सरकारलाई सचेत गराएको छ । प्रमुख सचेतक खाँडले बजेटले नीति तथा कार्यक्रमलाई सम्बोधन गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरिएको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...