बोल्ड सिन दिँदा घरमा समस्या छैनः सोनम, करीनाको लुगा देखेर सैफ रिसाए
- Posted: Wednesday, May 30, 2018 14:45 PM ( 4 years ago )
जेठ १६ – फिल्म ‘वीरे दी वेडीङ’ का कारण अहिले अभिनेत्री सोनम कपूर र करीना कपूर खान चर्चामा छन् । फिल्ममा सोनम र करीना निकै बोल्ड अवतारमा देखिएका छन् ।
फिल्ममा बेडरुम, बाथरुम अनि कयौं बोल्ड सिन र गालीहरुले भरिएका कैयन् डायलगहरु छन् । अहिले यस फिल्मको प्रमोशनका लागि अभिनेत्री सोनम कपूर, करीना कपूर खान, स्वरा भास्कर र शिखा तल्सानिया प्रमोशनमा सक्रिय भएका छन् ।
फिल्म ‘वीरे दी वेडीङ’ प्रमोशनको एक कार्यक्रममा सोनमले आफू आफ्ना प्रत्येक फिल्महरुबाट रुढीवादलाई तोड्ने कोशिश गरिरहेको हुने बताइन् । सोनमले भनेकी छिन्, ‘म जुन फिल्म गर्छु, म चाहन्छु त्यस फिल्मबाट कुनै न कुनै तरिकाले रुढीवादलाई तोड्न सकौं र यूवाहरुलाई पे्ररित गर्न सकौं । महिला वा पुरुष जे भए पनि उ अगाडि बढोस् र उसले कुनै न कुनै तरिकाले रुढीबादलाई तोड्न सक्ने सोच राखोस् ।’
सोनमले यही महिनाको ८ तारिखमा उनका प्रेमी आनन्द आहुजाका साथ विवाह गरेकी थिइन् । उनको फिल्म ‘वीरे दी वेडीङ’ मा बोल्ड सीन तथा गालीमिश्रित सम्बादहरु धेरै छन् । प्रमोशनको एक कार्यक्रममा यही प्रश्न उठ्दा सोनमले भनिन्, ‘मेरो माइती र घरको परिवारलाई मेरो यस किसिमको चरित्रप्रति कुनै समस्या छैन । यो मेरो काम हो र यसमा मलाई कुनै संकोच छैन । मेरो घरबाट मैले राम्रो प्रतिक्रिया पाएकी छु । फिल्मको ट्रेलर हेरेर आनन्दको परिवारले मेरो प्रशंसा गरेका थिए ।’
करीनाको लुगा देखेर सैफ रिसाए
अर्की अभिनेत्री करीना कपूर खानले यसै फिल्मको प्रमोशनको एक कार्यक्रममा आफूले फिल्ममा लगाएको लुगा देखेर उनका पति रिसाएको बताएकी छिन् । करीनाले लगाएको लुगा देखेर करीनाका पति तथा अभिनेता सैफ अलि खानले करिनालाई अर्को लुगा लगाउन भनेका थिए ।
यस कुराको खुलासा स्वयम करीनाले गरेकी हुन । करीनाले भनिन, ‘सैफले मेरो लुगा देखेर भने ‘यो कस्तो लगाएको ? तिमी भित्र भएर अर्को लुगा लगाएर आउ ।’
तर पछि करीनाले त्यही लुगा लगाएर गएको कार्यक्रमका फोटाहरु देखाउँदा सैफले राम्रो देखिएको प्रतिक्रिया दिएका थिए ।
फिल्म ‘वीरे दी वेडीङ’ महिलाहरुलाई ध्यानमा राखेर बनाइएको फिल्म हो । यसमा चार जना साथीहरुले गर्ने रमाईलो र उनीहरुको जीवनमा घट्ने घटनाहरुलाई देखाइएको छ । यो फिल्म २०१८ को जून १ मा प्रदर्शन हुनेछ ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
- कर्णाली प्रदेश सरकारको सय दिन : ‘संघीय सरकारका कारण काम गर्ने वातावरण पाएनौँ’
- बोल्ड सिन दिँदा घरमा समस्या छैनः सोनम, करीनाको लुगा देखेर सैफ रिसाए
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- अर्कैकाे नाममा ट्रायल दिन अाउने परीक्षार्थी पक्राउ
News in English More
Download Programs More
Opinion Poll
Loading...