Total Hits: 0

​पक्राउ परेका युवाले भने – शारीरिक सम्पर्क गर्दा महिलाको ज्यान गयो

  • Posted: Wednesday, May 30, 2018 14:03 PM ( 3 years ago )

रुकुम जेठ १६ – मुसिकोट शहीद मैदानमा मंगलबार बिहान फेला परेको एक महिलाको शवको परीक्षण गर्दा शारीरिक सम्पर्क गर्ने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर–६, घर भएकी ३८ वर्षीया एक महिलाको यौन सम्पर्क गर्ने क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले बताएको हो । प्रहरीले हत्याको अभियोगमा मुसिकोट नगरपालिका–१, निवासी १९ वर्षीय अमरबहादुर बादीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार पक्राउ परेका बादीले राति आफ्नै डेरामा ल्याई शारीरिक सम्पर्क गर्ने क्रममा महिलाको ज्यान गएको र मृत्युपश्चात शव बोकेर नजिकैको नालामा फालेको स्वीकार गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषिकुमार ढुँगानाको नेतृत्वमा गएको प्रहरी टोलीले अनुसन्धानपछि अमरबहादुर बादीलाई पक्राउ गरेको थियो । उनलार्ई कर्तव्य ज्यान अन्तर्गत मुद्धा चलाइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook