काम गर्ने ठेक्का लिएर अलपत्र छोड्ने ठेकेदारमाथि कारबाही सुरु
- Posted: Wednesday, May 30, 2018 07:14 AM ( 3 years ago )
ओखलढुंगा, जेठ १६ – ओखलढुंगा जिल्लाभित्र काम गर्ने ठेक्का लिएर अलपत्र छोड्ने ठेकेदारमाथि कारबाही सुरु गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले जिल्लाभर कामको जिम्मा लिएका ठेकेदार र कामको विवरण संकलन गरेर काम नगर्नेमाथि स्पष्टीकरण सोधेको छ ।
प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जिल्लाभरको विवरण अध्ययन गर्दा पाँच जना ठेकेदार कारबाहीको दायरामा देखिएकाले पहिलो चरणमा स्पष्टीकरण सोधेको बताउनुभयो । काम तत्कालै सुरु नगरे दोस्रो चरणमा ठेक्का रद्ददेखि गिरफ्तारसम्म गर्ने उहाँले जानकारी दिनुभयो ।
पहिलो कारबाहीस्वरुप स्पष्टीकरण मात्र सोधेकाले नाम सार्वजनिक नगर्ने बताएका प्रजिअ पन्तले काम सुरु नगरे कडा कारवाही गर्ने बताउनुभयो । जिल्लामा पाँच वर्षदेखि ठेक्का लिएर पुल, विद्यालय भवन, स्वास्थ्य–चौकी जस्ता पूर्वाधार निर्माण नगर्ने ठेकेदार एक दर्जन हाराहारीका ठेकेदारले काम अलपत्र छोडेका छन् ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...