ढुंगेललाई सरकारले आममाफी दिएको भन्दै कपडा खोलेर प्रदर्शन
- Posted: Wednesday, May 30, 2018 06:40 AM ( 3 years ago )
काठमाडाैं, जेठ १६ – नेपाल विद्यार्थी संघले हत्याको आरोपमा जेल सजाय भोगेका बालकृष्ण ढुंगेललाई सरकारले आममाफी दिएको भन्दै मंगलबार कपडा खोलेर (अर्धनग्न) प्रदर्शन गरेको छ ।
नेविसंघले उज्जनकुमार श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा जेल सजाय भोगिरहेका पूर्वसभासद् ढुंगेललाई आममाफी दिएको विरोधमा अर्धनग्न प्रदर्शन गरेको हो ।
प्रदर्शनमा नेविसंघका अध्यक्ष नैनसिंह महरले वर्तमान सरकार अधिनायकवादतर्फ लागेको आरोप समेत लगाउनुभयो । आइतबार मन्त्रिपरिषद्को बैठकले ढुंगेलसहित ८१६ जनालाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो । रासस
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...