बजेट लोकप्रिय भयो, उत्साहजनक भएन : गगन थापा
- Posted: Tuesday, May 29, 2018 20:17 PM ( 3 years ago )
काठमाडौं, जेठ १५ – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारको आर्थिक वर्ष २०७५–७६ को बजेट उत्साहजनक नरहेको प्रारम्भिक टिप्पणी गरेको छ ।
बजेट भाषणपछि बोल्दै नेपाली काँग्रेसका युवा नेता गगन थापाले बलियो सरकारले ल्याएको बजेटले आफूलाई उत्साहित नबनाएको प्रतिक्रिया दिनुभयो । त्यसैगरी, अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट पेश गरेलगत्तै संघीय संसद भवन परिसरमा संचारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता थापाले डरको माझबाट बजेट आएको अनुभूति भएको पनि बताउनुभयो ।
निर्वाचन क्षेत्रका लागि छुटट्याएको बजेट डरको बीचबाट आएको नेता थापाको दावी छ । उहाँले यति ठूलो बहुमत सहितको सरकारले सामान्य र लोकप्रिय बजेट ल्याउन नहुने तर्क पनि दिनुभयो ।
केपी ओली नेतृत्वको सरकारले ठूलो उत्साह भर्ने गरी बजेट ल्याउने सबैको अपेक्षा रहेपनि सो अनुसार आउन नसकेको नेता थापाको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...