Total Hits: 0

​फिल्म बनाउँदै मनोजकी पूर्वपत्नी मीना : लगानी यसरी जुट्यो

  • Posted: Tuesday, May 29, 2018 15:17 PM ( 5 years ago )

काठमाडौं, जेठ १५ – हाँस्यकलाकार मनोज गजुरेलसँग सम्बन्ध विच्छेद भएलगत्तै मिना ढकालले आधिकारिक रुपमा गायनको सुरुवात गरिन् । 

त्यसअघि फाट्टफुट्ट कभर गीतहरुगाएर युट्यूबमा राख्ने गरेकी उनले पहिलो गीत सम्बन्ध विच्छेद भएपछि नै गाइन् । उनलाई पहिलो गीतमा खासै राम्रो प्रतिकृया मिलेन । उनले त बरु उल्टै सबैभन्दा धेरै डिसलाइक पाउने गायिकाको उपाधि पाइन् । 

उनले दोस्रो गीत स्वरुप ‘म हुँ नेपाली छोरी’ गाइन् । यसबाट भने उनलाई केही राहत मिल्यो । पहिलो गीतको तुलनामा उनलाई  यस गीतमा सकारात्मक प्रतिकृयासँगै दर्शकको साथ पनि मिल्यो । यो सँगै उनले तीज गीत पनि रेकर्ड गराइसकेकी छिन् । तीज गीतबाट भने आफूलाई धेरैभन्दा धेरै दर्शकको साथ मिल्नेमा मीना आशावादी छिन् । यसअघिका गीतमा गायिकाको रुपमा मात्र प्रस्तुत भएकी उनी तीजको गीतमा भने गायिका र मोडल दुवै भूमिकामा प्रस्तुत हुने भएकी छिन् । 

सम्बन्ध विच्छेदपछि निरन्तर गायनमा सक्रिय रहेकी मीना अब सिनेमा निर्माणमा समेत अघि बढ्ने भएकी छिन् । उनले आर्यन शर्मासँग मिलेर सिनेमा बनाउने भएकी हुन् । आफूले बनाउने सिनेमामा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका कलाकार समेट्ने मीनाको योजना छ । उनी भन्छिन्, ‘जति सक्यो धेरै कलाकार समेट्ने योजनामा छु हेरौँ कस्तो हुन्छ ।’ सिनेमाको मुख्य भूमिकामा भने उनी स्वयम् प्रस्तुत हुने भएकी छिन् । 

आफूले निर्माण गर्न लागेको सिनेमा नारीप्रधान हुनेभन्दै उनले अहिलेका लागि सिनेमा बनाउने योजना मात्रै भएको र यसको लागि समय लाग्ने बताइन् । कति समय लाग्छ भन्नेबारे भने उनले बोल्न चाहिनन् ।  

उनले निर्माण गर्ने सिनेमाको बजेट एक करोड हुनेछ । देश विदेशबाट सिनेमामा लगानी गर्नेहरु भएका कारण आफूले सिनेमा बनाउने आँट गरेको मीनाको भनाई छ ।

-उज्यालो र गफगाफ डट कमकाे सहकार्य

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook