Total Hits: 0

म्याच फिक्सिङमा छुटेका अञ्जन क्रिकेटको सट्टेबाजी गराउँदा पक्राउ

  • Posted: Tuesday, May 29, 2018 14:58 PM ( 3 years ago )

काठमाडौं, जेठ १५ – नेपाली फुटबल टिमका पूर्व खेलाडी एवम् प्रशिक्षक अन्जन केसी सट्टेबाजी गरेको आरोपमा पक्राउ परेका छन् ।

उनीसहित सहित ६ जनालाई भारतको आईपीएल क्रिकेटसहित विभिन्न अन्तराष्ट्रिय फुटबल प्रतियोगिताहरुमा सट्टेबाजी गरी जुवा खेलाएकोमा पक्राउ गरिएको हो । 
महानगरीय प्रहरी परिसर, काठमाडौंले मंगलबार पत्रकार सम्मेलन गरी उनीहरुलाई पक्राउ गरिएको जानकारी गराएको हो ।

ललितपुरका स्थानीय बासिन्दा अञ्जनले हालै भारतमा सम्पन्न आईपीएल र युईएफए च्याम्पियन्स लिगका खेलहरुमा सट्टेबाजी धन्दा चलाउँदै आएको प्रहरीको अनुसन्धानमा देखिएको छ ।

केसीसँगै पक्राउ पर्नेहरुमा काठमाडौं मैतिदेवीका २७ वर्षीय गौरव तिवारी, काभ्रे भुन्डु गाउँपालिका घर भई हाल काठमाडौं गोल्कोपाखा बस्ने ३८ वर्षीय भुपेन्द्र शमशेर कुँवर, नुवाकोट ककनी घर भई हाल बालाजु बस्ने २७ वर्षीय दिनेश बोगटी, भक्तपुर बोलाछेंका ३६ वर्षीय विजय श्रेष्ठ र भक्तपुर बोलाखुका ३१ वर्षीय नरेन्द्र सुवाल रहेको प्रहरीले जनाएको छ ।

ती सबैलाई सोमबार अपरान्ह काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक कार्वाही प्रक्रिया सुरु गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले बताउनुभयो ।

विभिन्न अन्तराष्ट्रिय खेलकुद प्रतियोगिताहरुमा सट्टेबाजी गरी जुवा खेलाउने गरेको विशेष सूचना पाएपछि प्रहरीले गएको १३ गते मैतिदेवीका तिवारीलाई पक्राउ गरी गरेको थियो । पक्राउ परेपछि उनको मोवाईल र ल्यापटपको रेकर्डको आधारमा अन्य ५ जनालाई पनि पक्राउ गर्न सफल भएको हो ।

वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलका अनुसार सट्टेबाजी गराउने तिवारीको बैंक खातामा ७ करोड ४७ लाख २ हजार, कुँवरको बैंक खातामा ३ करोड २२ लाख ९७ हजार, अन्जन केसी को बैंक खातामा २ करोड ७७ लाख २ हजार र सुवालको बैंक खातामा ७७ लाख रुपैयाँ रहेको पनि प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

आईपीएलका खेलहरुमा कम्तिमा २५ हजारदेखि बढीमा १५ लाखसम्मको बेटिङ खेलाइएको प्रहरीले जानकारी दिएको छ । कुन खेलमा कति रकम सट्टेबाजी भएको थियो भन्नेबारे भने सूक्ष्म अनुसन्धान भइरहेको एसएसपी पोखरेलले जानकारी दिए ।

नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका र ए डिभिजन क्लब थ्रीस्टारको प्रशिक्षक भइसकेका अञ्जन यसअघि २०७२ लाख असोज २९ गते अन्तर्राष्ट्रिय फुटबलमा म्याच फिक्सिङको अन्य खेलाडीहरुसहित आरोपमा पक्राउ परेका थिए । उनीहरुविरुद्धको मुद्धाको अहिलेसम्म फैसला भएको छैन । तर एएफसीले भने उनीलगायत अन्य तीन फुटबलरलाई आजीवन प्रतिबन्ध लगाइसकेको छ ।

प्रहरीले पक्राउ परेका छ जनाबिरुद्ध नै ठगी मुद्दा दायर गरी जिल्ला अदालतमा म्याद थपका लागि पठाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook