ढुंगेलको आक्रोश : देउवाले हिटरमा पिसाब फेर्न लगाएर किड्नी ड्यामेज गरिदिए
- Posted: Tuesday, May 29, 2018 14:33 PM ( 5 years ago )
काठमाडौं, जेठ १५ – गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट कैद माफी पाएर तत्कालीन माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेल रिहा भएका छन् ।
रिहा भएसँगै ढुंगेलले सरकारको शासकीय प्रवृत्तिका कारण आफू जेल जानु परेको बताएका छन् । मुलुकमा गणतन्त्रको माग गर्दै आन्दोलन चलिरहेका बेला संकटकाल लगाउन, टाउकाको मूल्य तोक्ने र योद्धाहरुलाई बेपत्ता बनाउने काममा संलग्नहरु नै गणतन्त्र प्राप्तीपछि नेतृत्वमा पुगेकाले आफूमााथि अन्याय भएको उनको भनाई थियो ।
मंगलबार बिहान डिल्लीबजार कारागारबाट सीधै पेरिसडाँडास्थित तत्कालीन माओवादीको केन्द्रीय कार्यालय पुगेका ढुंगेलले त्यसै स्थानमा आयोजित सभालाई सम्बोधन गर्दे गणतन्त्र विरोधी नै गणतन्त्रको मालिक बनेपछि आफू कारागार जानुपरेको बताएका हुन् ।
उनले भने, ‘मैले गणतन्त्र माग्दै गर्दा, गणतन्त्र जिन्दावाद भन्दै गर्दा, मेरो हिटरमा पिसाब फेराएर किड्नी ड्यामेज गर्दिने शेरबहादुर देउवाजीहरु गणतन्त्र आइसकेपछि प्रधानमन्त्री बन्नुहोला र गणतन्त्रको मालिक बनेपछि फेरि मलाई अपराधीकरण गर्दे जेल पठाउनुहुन्छ होला भन्ने मैले त्यो हिरासतमा, त्यो मुर्छनामा कल्पना गरेको थिइनँ । गणतन्त्र स्थापना भएपछि हिसाब कताब हुन्छ होला भन्ने थियो । गणतन्त्र माग्दाखेरी टाउकाको मूल्य तोक्नेहरु, गणतन्त्र हेरेर पश्चातापको आँशु बगाउँछन् होला भन्ने थियो । पछि तिनै हिटरमा पिसाब फेराउनेहरु, गणतन्त्र माग्दा टाउकाको मोल तोक्नेहरु, संकटकाल घोषणा गर्नेहरु नै गणतन्त्रका मालिक बने । जब गणतन्त्र माग्दा संकटकाल घोषणा गर्ने र हिटरमा पिसाब फेराउने अनि नागार्जुनका जंगलमा लगेर योद्धाहरु बेपत्ता पार्नेहरु गणतन्त्रको मालिक बन्न पाएपछि बालकृष्ण ढुंगेल जानु थियो कारागार । म गएँ । र आज फेरि रिहा भएको छु ।”
उनले गणतन्त्रलाई ‘अपहरण’ गर्दै र न्यायालयलाई ‘बलात्कृत’ गरेर आफूलाई जेल हालिएको गरिएको दावी गरे । उनले भने, ‘म बालकृष्ण ढुंगेल न्यायालयको बेन्चबाट बलात्कृत भएको पात्र हूँ ।’ आफ्ना कुरा कसैले नसुनेको भन्दै ढुंगेलले सञ्चार जगत, न्यायालय र वकिलहरुलाई ‘ब्राण्डेड रक्सी’ र ‘एक थाल भातका भतुवा’ को संज्ञा दिनुभयो ।
राष्ट्रपतिबाट कैद माफी पाएको बिर्सेर ढुंगेलले आफू अपराधी नभएको भन्दै ढुंगेलले ढिलै भए पनि सत्यको विजय भएको बताए । ढुंगेललाई कैद सजाय मिनाहा नगर्न दावी गर्दे दायर गरिएकाे रिटमाथि सर्वोच्च अदालतमा बहस जारी छ ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...