इंग्ल्याण्ड जानुअघि सन्दीप लामिछाने भन्छन् : हरेक खेलसँग मेरो भविष्य जोडिएको छ
- Posted: Tuesday, May 29, 2018 14:32 PM ( 3 years ago )
काठमाडौं, जेठ १५ – मे ३१ तारिख अर्थात आउँदो बुधबार वेष्ट इन्डिज र विश्व ११ को टिमबीच हुने च्यारिटी खेलको लागि नेपालका लेग स्पिनर सन्दीप लामिछाने मंगलबार बेलुकी लर्डस जाँदैछन् ।
बेलुकी साढे नौ बजे कतार एअरवेजबाट लर्डस जानुअघि सन्दीपले त्रिवि क्रिकेट मैदानमा पत्रकार सम्मेलन गरेर आफ्नो यो यात्राले नेपाल र नेपालीलाई चिनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले आईपीएल एउटा लिग मात्रै भएको तर विश्व ११ मा नेपालकै तर्फबाट प्रतिनिधित्व गर्ने अवसर पाएकोमा आफूलाई निकै खुसी लागेको पनि बताए ।
विश्व ११ मा खेल्न पाउँदा निकै उत्साहित भएको सन्दीपको भनाई छ । ‘म जति पनि खेल खेलिरहेको हुन्छु त्यसलाई सधैँ एउटा अवसरको रुपमा लिन्छु, हरेक खेल मेरो लागि नयाँ सुरुवात हुन्छ, किनकी हरेक खेलसँग मेरो भविष्य पनि दाँजिएको हुन्छ, हरेक खेलमा नेपाली क्रिकेटसँग नेपाली क्रिकेटको नाम पनि जोडिएको हुन्छ, त्यसैले हरेक खेललाई अवसरको रुपमा लिने र पाएको अवसरमा राम्रो खेल्ने हो, आफूले शतप्रतिशत दिने प्रयास गर्नेछु’, त्रिवि क्रिकेट मैदानमा सन्दीपले भने ।
आईपीएल र विश्व ११ बीचको खेलमा के फरक छ जस्तो लाग्छ ? पत्रकारको प्रश्नमा मुस्कुराउँदै सन्दीपले भने, ‘अहिले म एउटा देशकै प्रतिनिधित्व गरेर विश्व ११ मा परेको छु, तर आईपीएल एउटा लिग थियो त्यहाँ देशको प्रतिनिधित्व थिएन, देशको लागि खेल्दा गौरवको धेरै नै दबाब हुन्छ, किनभने त्यहाँ देशको प्रतिनिधित्व नै सबैभन्दा ठूलो कुरा हुन्छ, लिग भन्दा ठूलो नै हुन्छ देशको खेलहरु, तर दुवै खेल क्रिकेटको लागि ठूलो प्लेटफर्म भएकाले केही हदसम्म उस्तैउस्तै पनि हो, र कुनै पनि युवा यी दुई प्रतियोगितामा खेल्न पाउनु सौभाग्य नै हो ।’
विश्व ११ को टिमबाट खेल्दा प्लेइङ ११ मा पर्छु भन्ने लागेको छ ? पत्रकारको अर्को जिज्ञासामा सन्दीप केही हड्बडाए पनि । उनले भने, ‘म भनिरहेको हुन्छु हामी कतिपय कुराहरुको लागि एकदमै हतारिएका हुन्छौँ, तर हामीले पेसेन्स राख्नुपर्छ, त्यहाँ गएर खेल्ने अवसर पाए पनि नपाए पनि हामी त्यो लेभलमा पुग्छौँ भने हाम्रो लागि त्यै ठूला कुरा हो ।’
आफूलाई विश्व ११ को तर्फबाट एउटा प्रस्ताव आएको र आफूले राम्रो हुन देखेरै त्यसलाई आँखा चिम्लेर सहमति जनाएको सन्दीपले बताए । विश्व ११ मा इंग्ल्यान्डका कप्तान इयन मोर्गन कप्तान छन् भने सन्दीप लामिछाने, पाकिस्तानी अलराउन्ड शहिद अफ्रिदी र शोएब मलिक तथा श्रीलंकाका थिसारा पेरेरा रहेका छन् । यस्तै तामिम इकबाल, दिनेश कार्तिक, रशिद खान, मिचले म्याकलेनाघन, हार्दिक पाण्ड्या, लुक रोन्ची पनि विश्व ११ बाट खेल्दैछन् ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...