नेपाली कामदारको कानूनी प्रतिरक्षाका लागि मलेसियामा वकिल नियुक्त
- Posted: Tuesday, May 29, 2018 13:55 PM ( 4 years ago )
काठमाडौं, जेठ १५ – मलेसियामा रहेको नेपाली दूतावासले कामदारको कानूनी प्रतिरक्षाका लागि वकिल नियुक्त गरेको छ ।
गएको जेठ ११ गतेदेखि ‘ल चेम्बरस् अफ खरेन जित एण्ड यसोसियट्स’सँग दूतावासले १ वर्षको सम्झौता गरेको विज्ञप्ती मार्फत जानकारी गराएको छ । दूतावाससँग भएको सम्झौता अनुसार अध्यागमन तथा सामान्य प्रकारका मुद्दाहरुमा ल फर्मले निःशुल्क सेवा दिनेछ ।
तर अदालतको दण्ड, जरिवाना, धरौटी तथा अन्य शुल्क सेवाग्राहीले नै व्यहोर्नु पर्ने दूतावासले उल्लेख गरेको छ । मृत्युदण्ड, लामो समय तथा आजिवन जेल सजाय हुनसक्ने, गम्भिर प्रकृतिका मुद्दाको हकमा भने प्रचलित नियम अनुसार खर्च सेवाग्रहीले नै तिर्नुपर्ने र त्यसको जानकारी दूतावासमा गराउने पर्नेछ ।
तर खर्च व्यहोर्न नसक्ने अवस्थाका कामदारको हकमा भने कसुरको प्रकृति हेरी उपलब्ध बजेट अनुसार दूतावासले पनि वकिल खर्च व्यर्होन सक्नेछ ।
जेल परेका, डिटेन्समा परेका, मलेसियाको अध्यागमन लगायत कानुन उल्लंघनको आरोपमा मुद्दा खेपिरहेका, प्रतिरक्षा तथा कुनै कानूनी परामर्श चाहिएमा निवेदन दिन पनि दूतावासले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
- कर्णाली प्रदेश सरकारको सय दिन : ‘संघीय सरकारका कारण काम गर्ने वातावरण पाएनौँ’
- बोल्ड सिन दिँदा घरमा समस्या छैनः सोनम, करीनाको लुगा देखेर सैफ रिसाए
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- अर्कैकाे नाममा ट्रायल दिन अाउने परीक्षार्थी पक्राउ
News in English More
Download Programs More
Opinion Poll
Loading...