स्थानीयस्तरमा पाइने रोजगारीबारे जानकारी गराउन सके नयाँ पुस्ता विदेश जान नहौसिने
- Posted: Tuesday, May 29, 2018 13:43 PM ( 3 years ago )
सागर बिक्रम बस्नेत/रामेछाप ।
जेठ १५ – मन्थली नगरपालिकाको माध्यमिक विद्यालयका सामाजिक विषय पढाउने शिक्षकको सहभागितामा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।
अभिभावकविहीन हुँदा विद्यार्थी विद्यालयमा हाजिर मात्र गर्न पुग्ने भएकाले सुधारका लागि व्यावसायिक शिक्षाको खाँचो रहेको शिक्षकहरुले औंल्याएका थिए । उनीहरुले स्थानीयस्तरमा रोजगारीका विकल्पको पर्याप्त जानकारी गराउन सके नयाँ पुस्ता रोजगारीका लागि विदेश जान नहौसिने बताएका छन् ।
कक्षा ८ को पेशा व्यवसाय र १० को सामाजिक किताबको पाठसँग सम्बन्धित रहेर नयाँ सूचनाको जानकारी गराउन कार्यक्रम गरिएको हो । पैसा कमाउन विदेश जानेको पिडा र भोगाईका बारेमा कार्यक्रममा छलफल भएको थियो । सहभागी शिक्षकले अभिभावक वैदेशिक रोजगारीमा जाँदा विद्यालय उमेर समुहका बालबालिकामा उत्पन्न भएका समस्या र अभिभावकको अनुपस्थितिमा सिकाईमा पर्न सक्ने असरका बारेमा धारणा राखेका थिए ।
अभिभावकविहीन हुँदा विद्यार्थी विद्यालयमा हाजिर मात्र गर्न पुग्ने भएकाले सुधारका लागि व्यावसायिक शिक्षाको खाँचो रहेको शिक्षकहरुले औंल्याएका थिए । उनीहरुले स्थानीयस्तरमा रोजगारीका विकल्पको पर्याप्त जानकारी गराउन सके नयाँ पुस्ता रोजगारीका लागि विदेश जान नहौसिने बताएका छन् ।
जिल्ला शिक्षा अधिकारी दिनानाथ गौतमले वैदेशिक रोजगारीका कारण गाउँमा रहेका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएको र सदरमुकामका विद्यालय तथा बोर्डिङ्गमा चाप बढेको बताउनुभयो । वैदेशिक रोजगारीका सवाल र तथ्यहरु कक्षा कोठासम्म पुग्ने माध्यम हुने भएकाले यस्ता कार्यक्रम आयोजना भइरहनु पर्ने धारणा गौतमले राख्नुभयो ।
वैदेशिक रोजगारीको अवसर, चुनौति र यसका कारण समाजमा परेको प्रभावबारे सुरक्षित आप्रवासन सामी परियोजनाका जिल्ला परियोजना संयोजक भोजराज सुनुवारले जानकारी गराउनु भएको थियो । सामी परियोजनाको साझेदार संस्थाले सञ्चालन गरेका कार्यक्रम र उपलब्धिबारे कार्यक्रममा जानकारी गराइएको थियो ।
जिल्लामा सञ्चालित सामी परियोजना अन्तर्गत सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारले सञ्चालन गरेको विद्यालय तथा आमसञ्चार कार्यक्रमले वर्षमा एकपटक यस्तो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । कार्यक्रमको निरन्तरता स्वरुप शहिद स्मृति माविको हलमा आयोजित कार्यक्रममा मन्थली नगरपालिका अन्तर्गत शिक्षा कार्यालयका श्रोत शिक्षक चन्द्रा खड्का, केदारप्रसाद ढुङ्गेल लगायत १४ वटा सामुदायिक विद्यालयका शिक्षक/शिक्षिका सहभागी भएका थिए ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
- राष्ट्रपति र प्रधामन्त्रीको फोटो जोडी अश्लील स्टाटस राख्ने ‘जुँगे’ पक्राउ
- नयाँ दल देशको भविष्यको संकेत : ओली
- नदी दोहन : कर्मचारीको मिलेमतोमा अवैधानिक रुपमा एक करोड २० लाख संकलन
- नेकपाको दस्तावेजमा ‘जनयुद्ध’ राख्नु कागको पखेटामा मयूरको प्वाँख हालेजस्तै हो : डा. भट्टराई
- हलिउड अभिनेताले सलमानलाई बधाई दिन बबीको पोष्टर सेयर गरेपछि...
News in English More
Download Programs More
Opinion Poll
Loading...