जेठ १५ नेपालीको विजयको दिन हो : प्रधानमन्त्री ओली
- Posted: Tuesday, May 29, 2018 10:19 AM ( 3 years ago )
काठमाडौं, जेठ १५ – प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र सबै नेपाली नागरिकको विजयको दिन भएको बताउनुभएको छ । गणतन्त्र दिवसको अवसरमा काठमाडौंको सैनिकमञ्च टुँडिखेलमा आयोजना गरिएको कार्यक्रमलाई संबोधन गर्दै उहाँले शासनमा कुनै वंश विशेषको मात्र अधिकार रहने व्यवस्था हटाएर नागरिकका प्रतिनिधिले शासन गर्ने व्यवस्था सुरु हुने आम नागरिकको जित भएको बताउनुभएको हो ।
शासक संविधानभन्दा माथि हुने परम्परा अन्त्य गर्दै जनता सार्वभौम हुन् र सार्वभौमसत्ता जनतामा मात्र निहीत छ भन्ने प्रत्याभूति आजको दिनले गराएको प्रधानमन्त्री ओलीको भनाई छ ।
लोकतान्त्रिक गणतन्त्र उच्च विचार मूल्य मान्यता दर्शनबाट प्रेरित हुने भन्दै उहाँले यो कसैले उपहार नदिएको र आफैँ लडेर स्थापित गरेको विधि र प्रणाली भएको पनि बताउनुभयो । सरकार विकास, सम्बृद्धि र स्थिरताको मूल मार्गमा अघि बढीरहेकाले सुशासन र विकासकालागि असान्दर्भिक हिजोका थिति कानुन र संरचना हटाउँदै, संशोधन गर्दै र रुपान्तरित गर्दै सरकार अघि बढीरहेको उहाँले दावी गर्नुभयो ।
प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित हुनु, छिमेकी र अरु देशसँगको सम्बन्ध थप सुदृढ हुनु र उनीहरुसँग सहकार्यका लागि थप अनुकुलता मिल्नु, देशलाई सम्बृद्धिको यात्रामा अघि बढाउन सजिलो भएको महसुस सरकारले गरेको पनि बताउनुभयो । अशान्ति र अस्थिरताका क्रियाकलाप उचित नहुने भन्दै उहाँले सबैलाई राष्ट्रिय मूल धारमा आउन आग्रह पनि गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...