बालकृष्ण ढुंगेलसहित ८ सय १६ जना जेलबाट छुटे
- Posted: Tuesday, May 29, 2018 09:31 AM ( 3 years ago )
काठमाडाैं, जेठ १५ – सरकारले गणतन्त्र दिवसको अवसर पारेर तत्कालिन नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेलसहित ८ सय १६ जना कैदीलाई थुनामुक्त गरेको छ । ११ औँ गणतन्त्र दिवसको अवसरमा चालचलन असल रहेको भन्दै सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ढुंगेलसहितलाई आममाफी दिनुभएको हो ।
यससँगै ढुंगेल डिल्लीबजार कारागारबाट मुक्त भएका हुन् ।
ढुंगेल ओखलढुँगाका उज्जनकुमार श्रेष्ठको हत्यामा सर्वोच्च अदालतले दोषी ठहर गरी जन्मकैद भोगिरहेका ब्यक्ति हुन् । सोमबार राती बसेको मन्त्रीपरिषद बैठकले ढुंगेल सहित आममाफी पाउनेहरुको नाम अनुमोदन गरि राष्ट्रपतिसमक्ष अनुमोदनका लागि सिफारिस गरेको थियो । ढुंगेललाई थुनामुक्त गर्न नहुने भन्दै परेको रिटमा सर्वोच्च अदालतले यसबारेको सक्कल फाइल नै मगाएकै दिन सरकारले ढुँगेललाई माफी दिने निर्णय गरेको हो ।
व्यक्ति हत्याको अभियोग अदालतले पुष्टि गरेपछि ढुंगेलले आफूविरुद्ध फैसला गर्ने न्यायाधीशलाई भौतिक कारवाही गर्ने अभिव्यक्ति दिएका थिए । ललितपुरको सातदोबाटोमा लुकेर बसेका ढुंगेललाई प्रहरीको कन्द्रीय अनुसन्धान ब्युरो सिआईबीको टोलीले गएको कात्तिक १४ गते फक्राउ गरेको थियो ।
द्वन्द्वकालमा उज्जनकुमार श्रेष्ठको हत्याको घटनामा ढुंगेलविरुद्धको मुद्दामा द्वन्द्वकालमै उनी साढे सात वर्ष जेल बसेका थिए। तत्कालीन पुनरावेदन अदालतले उनलाई सफाई दिएपछि छुटेकोमा पछि सर्वोच्चले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो।
अदालतको ढिलाईले सरकारलाई सजिलो
कारागार व्यवस्था विभागले असल चालचलन भएको भन्दै ढुँगेललाई आम माफी दिन सरकार समक्ष सिफारिस गरेको खबर सार्वजनिक भएपछि अधिवक्ता दिनेश त्रिपाठीले गएको शुक्रबार सर्वोच्चमा त्यसलाई रोकी माग्दै रिट दायर गर्नुभएको थियो । सर्वोच्चले आइतबार त्यसबारे जानकारी दिन सरकारलाई आदेश दियो । सोमबार अदालतले त्यसको सक्कलै फाइल मगाउने निर्णय गर्दै तत्काल कुनै आदेश नगर्दा ढुंगेललाई माफी दिने निर्णय गर्न सरकारलाई सजिलो भएको थियो ।
तस्बिर : सराेजबाबु पुरुषकाे फेसबुकबाट
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...