५ वर्षमा १० गुणाले बढ्यो मिर्गौला प्रत्यारोपण
- Posted: Tuesday, May 29, 2018 08:16 AM ( 4 years ago )
काठमाडौं, जेठ १५ – मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा मिर्गौलाको उपचारका लागि पुग्ने बिरामीको संख्या बर्सेनि दोब्बरले बढ्दै गएको छ । मिर्गौला प्रत्यारोपण थालेको ५ वर्षमा बिरामीको संख्या १० गुणाले बढेकोे केन्द्रले जनाएको छ ।
केन्द्रकी मिर्गाैला रोग विशेषज्ञ डा. कल्पनाकुमारी श्रेष्ठले बिरामीको चापले उपचारका लागि आउने सबैलाई सेवा दिन कठिनाइ भएको बताउनुभयो । केन्द्रबाट २०६९/७० मा २ हजार ३ सय १९ जनाले सेवा लिएका थिए भने २०७४ सालको वैशाखदेखि माघसम्मको अवधिमा २५ हजार १ सय दुई जनाले सेवा लिइसकेका छन् ।
२०६८ फागुन ७ गतेबाट सञ्चालनमा आएको केन्द्रले २०६९ माघ ६ गते पहिलोपटक मिर्गाैला प्रत्यारोपण गरेको थियो । केन्द्रले २०६९ यता मात्रै ४ सय ७ वटा मिर्गाैला प्रत्यारोपण गरिसकेको छ । यस्तै २ वटा कलेजो पनि प्रत्यारोपण गरेको छ ।
केन्द्रले वैशाखदेखि माघसम्मको अवधिमा १ सय ४२ वटा मिर्गाैला प्रत्यारोपण गरिसकेको छ । यो वर्ष अहिलेसम्मकै धेरै मिर्गौला प्रत्यारोपण गर्न सफलता पाइएको श्रेष्ठले बताउनुभयो ।
उदाहरणीय सफलता
डा.श्रेष्ठका अनुसार एक वर्षमा १ सय भन्दा धेरै मिर्गौला प्रत्यारोपण गर्ने अस्पताल विश्वमा कमै छन् । एक वर्षमा सय भन्दा धेरै प्रत्यारोपण गर्ने अस्पताललाई ‘हाई भोल्युम ट्रान्स्प्लान्ट सेन्टर’ भन्ने गरिन्छ । ‘वर्षमा सयभन्दा धेरै मिर्गाैला प्रत्यारोपण गर्नु उदाहरणीय सफलता हो, श्रेष्ठ भन्नुहुन्छ– ‘केन्द्रले वार्षिक करिब १ सय ५० भन्दा बढीको मिर्गाैला प्रत्यारोपण गरिरहँदा पनि, अझै अस्पताल आउने सबै बिरामीलाई चाहेर पनि सेवा दिन सकेका छैनौँ ।’
बढ्दैछन् मिर्गाैला रोगी
स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले वर्षेनी नेपालमा झण्डै ३ हजारभन्दा बढी मृगौला रोगबाट पीडित हुने गरेको देखाएको छ । केन्द्रमा मिर्गौला प्रयारोपणका लागि आउने बिरामीको सँख्या बढ्दै गर्दा डायलासिसका लागि आउने बिरामीको संख्या पनि ठूलो छ । केन्द्रमा अहिले दैनिक ६० देखि ८० जनाको डायलासिस हुने गरेको डा. श्रेष्ठले बताउनुभयो । केन्द्रले वैशाखदेखि माघसम्म ४१ हजार २ सय २८ जना मिर्गाैला रोगीको डायलासिस गरेकोे छ ।
जसमध्ये, ३ हजार ७ सय ९ जनाको सःशुल्क र बाँकी ३८ हजार १ सय ४९ जनाको निःशुल्क डायलासिस गरिएको उहाँले बताउनुभयो ।
केन्द्रले निःशुल्क रूपमा हेमोडायलासिस सुविधा उपलब्ध गराउँदै आइरहेको छ । सीएसपीडी (एम्बुलेटरी पेरिटोनिएल डायलासिस) सुविधा पनि तीन पटकसम्मका लागि केन्द्रले निःशुल्क उपलब्ध गराउँदै आएको छ । पैसा तिरेर गर्ने भए यी दुवै प्रकारका डायलासिसको लागि ३० हजार जति रुपैँया खर्च लाग्छ ।
मिर्गाैला रोगीलाई सरकारले मासिक ५ हजार भत्ता दिने यस अघि नै घोषणा गरिसकेको छ । मिर्गाैला रोगीले यो सुविधा पाउन थालेपछि भने उपचारमा थप सहज हुने डा. श्रेष्ठ बताउनुहुन्छ ।
निःशुल्क गरिन्छ मिर्गाैला प्रत्यारोपण
मानव अंग प्रत्यारोपण केन्द्रले डायलासिस मात्रै होइन मिर्गौला प्रत्यारोपण पनि निःशुल्क गर्छ । केन्द्रले २०७३ बैशाख २ गतेबाट निःशुल्क मिर्गाैला प्रत्यारोपण सुरु गरेको हो । त्यसवापत भने केन्द्रलाई सरकारले आवश्यक खर्च उपलब्ध गराउँछ ।
एउटा मिर्गाैला प्रत्यारोपणमा सरकारले चार लाख रूपैयाँ अुनदान दिन्छ । प्रत्यारोपण गर्दा चार लाख भन्दा धेरै रकम लाग्यो भने मात्रै थप रकम बिरामीले ब्यहोर्नुपर्छ । अन्यथा बिरामीले उपचारका लागि खर्च गर्नु पर्दैन । सामान्यतया मिर्गाैला प्रत्यारोपणमा साढे तीन लाखदेखि साढे चार लाख रूपैयाँसम्म खर्च लाग्ने गरेको डा. श्रेष्ठ बताउनुहुन्छ ।
मिर्गाैला प्रत्यारोपण गरेका बिरामीलाई सरकारले थप १ लाख रूपैयाँ बराबरको औषधि पनि निःशुल्क उपलब्ध गराउँछ । यसबाहेक मिर्गाैला दान गर्ने व्यक्तिको जाँच र मिर्गाैला निकाल्न लाग्ने ८० हजारदेखि १ लाख रुपैयाँ खर्च मध्ये ५० हजार सरकारले व्यहोर्छ ।
केन्द्रमा शैय्या अभाव
केन्द्रको तथ्याङ्क अनुसार दैनिक झण्डै ७० जना बिरामी अस्पताल पुग्छन् । बिरामीको चाप दिनहुँ बढ्ने क्रममा छ । २०६९ मा २ हजार ३ सय १९ जना बिरामी केन्द्रमा उपचारका लागि पुगेका थिए भने २०७३ मा २२ हजार ४ सय ७३ जना बिरामी पुगेका तथ्यांकमा उल्लेख छ ।
केन्द्रको शैय्या क्षमता एक सय मात्र छ । डाइलासिस र प्रत्यारोपणका लागि दैनिक रुपमा सयभन्दा बढी बिरामी पुग्दा शैया अभाव छ ।
डा. श्रेष्ठका अनुसार अब केन्द्रले बिरामीको चाप धान्ने अवस्थामा छैन । शैय्या अभावका कारण दैनिक ५ देखि १० जनासम्म बिरामी फर्काउनुपरेको छ ।
‘बिरामी धेरै छन् तर अस्पताल एउटै छ’ उहाँ भन्नुहुन्छ, अन्य अस्पतालबाट पनि प्रत्यारोपण सेवा प्रदान गर्ने हो भने केन्द्रमा बिरामीको चाप कम हुन्छ र, धेरै बिरामीले सेवा लिन पाउँछन् ।’
उपचारका लागि धेरै बिरामी लिनुपर्दा पनि केन्द्रले प्रदान गर्ने सेवाको गुणस्तरमा भने कुनै कमी नराखेको डाक्टर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार अन्य देशमा एकसय मिर्गाैला प्रत्यारोपण गर्दा ४ देखि ५ वटा प्रत्यारोपण असफल हुन्छ । तर, केन्द्रमा १ सय मा २ वटा मात्रै फेल हुने गरेको छ । केन्द्रको मिर्गाैला प्रत्यारोपण सफलता दर उच्च छ । यसैले यो केन्द्रमा उपचारका लागि भारतदेखि बिरामी आउने गरेका छन् ।
सहज बन्दै अङ्गदान
अहिले अङ्गदान प्रक्रिया पनि सहज बन्दैछ । संशोधित ‘मानव अङ्गदान ऐन २०७२’ र ‘नियमावली २०७३’ अनुसार अङ्गदान गर्ने प्रक्रिया सहज भएको डा.श्रेष्ठले बताउनुभयो । ‘पहिले परिवार भित्रका सदस्यले मात्रै अङ्गदान गर्न पाउने व्यवस्था थियो । तर, अहिले टाढाको नातेदारले पनि अङ्गदान गर्न पाउँछन् ।’ यस्तो व्यवस्थाले अङ्ग प्रत्यारोपणमा सहज भएको उहाँ बताउनुहुन्छ ।
गएको वर्ष अस्पतालले मस्तिष्क मृत्यु भएका बिरामीको मिर्गाैला दुईजनामा प्रत्यारोपण गरेको थियो । मस्तिष्क मृत्यु भएका बिरामीको अङ्ग प्रत्यारोपण गरिएको यो पहिलो घटना थियो ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
- बोल्ड सिन दिँदा घरमा समस्या छैनः सोनम, करीनाको लुगा देखेर सैफ रिसाए
- कर्णाली प्रदेश सरकारको सय दिन : ‘संघीय सरकारका कारण काम गर्ने वातावरण पाएनौँ’
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- अर्कैकाे नाममा ट्रायल दिन अाउने परीक्षार्थी पक्राउ
News in English More
Download Programs More
Opinion Poll
Loading...