झुक्याएर मिर्गौैला प्रत्यारोपण गराउनेविरुद्ध कडा कारबाहीको माग
- Posted: Monday, May 28, 2018 20:36 PM ( 3 years ago )
भक्तपुर, जेठ १४ – मानसिक रोगको औषधि सेवन गरिरहेका एक युवकलाई झुक्याए मिर्गौला झिकेर प्रत्यारोपण गर्ने गिरोहलाई पक्राउ गरी कारबाही गर्न माग गरिएको छ ।
शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रले सोमबार पत्रकार सम्मेलनमा गरी काभ्रेपलाञ्चोकका २९ वर्षका कुमार गिरीको मिर्गौला झिकेर प्रत्यारोपण गर्नेमाथि कडा कारवाही गर्न माग गरेको हो । गएको वैशाख १० गते गिरीको मिर्गौला झिकेर भक्तपुर नगरपालिका–१, सल्लाघारीमा डेरा गरी बस्ने ५१ वर्षका थर्कबहादुर बस्नेतलाई प्रत्यारोपण गरिएको थियो ।
पत्रकार सम्मेलनमा केन्द्रका प्रमुख डाक्टर पुरकारचन्द्र श्रेष्ठले प्रक्रियागत रुपमा सम्पूर्ण कागज मिलाएर सरकारले व्यवस्था गरेअनुसार गठन भएको प्रत्यारोण स्वीकृति समितिले गरेको अन्तिम सिफारिसको आधारमा केन्द्रले मिर्गौला प्रत्यारोपण गरेको बताउनुभयो । उहाँले नक्कली कागज बनाउएर अस्पताल र प्रशासनलाई समेत झुक्याउने गिरोहलाई कडा कारबाही हुनुपर्ने माग गर्नुभयो ।
केन्द्रका नेफ्रोलोजिष्ट डाक्टर कल्पना श्रेष्ठले यो घटनामा अस्पतालको कुनै दोष नभएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘वडा कार्यालयदेखि नै नाता प्रमाणित गरेर सबै प्रक्रिया र कागजपत्रहरु मिलाएर ल्याइएको छ, अप्रेशन हुनुभन्दा अगाडि पनि दातालाई अन्तिम पटक सोध्ने गरिन्छ, यसमा अस्पतालको तर्फबाट कुनै कमजोरी भएको छैन ।’
पत्रकारहरुलाई मिर्गौला प्रत्यारोपण गर्दा थर्कबहादुर र उहाँका छोरा आशिषले पेश गरेको नाता प्रमाणित, शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र लगायतका कागजहरु देखाउँदै उहाँले अस्पतालको तर्फबाट कुनै कमजोरी नभएको बताउनुभयो ।
अस्पताल मै संचारकर्मीलाई घटनाबारे जानकारी दिदै पीडित कुमारले भन्नुभयो, ‘म बाटोमा हिँड्दै गर्दा थर्कमानको छोरा आशिषले जबरजस्ती मोटरसाईकलमा हालेर ल्याए । डर, त्रास दिँदै धम्क्याएर मेरो पत्थरी भएको छ, अप्रेशन गर्नुपर्छ भन्दै तर्साएर मिर्गौला झिकेका हुन्, मिर्गौला झिकेपछि उल्टै मलाई तेरो उपचारमा ८ लाख खर्च भयो, पैसा तिर भनेर तर्साएर बाटोमा लगेर छाडिदिए ।’
मिर्गौला झिकेपछि पनि एक साता अस्पताल राखेपछि बस्नेतले थप केही दिन आफ्नै कोठामा राखेर पछि अब काम सकियो भन्दै काठमाडौं सितापाइलामा कुमारको फूपु शारदा गिरीको घर नजिकै लगेर छाडिदिएपछि फूपुको घरमा पुगेका कुमारले नुहाउँदा पेट चिरिएको देखेपछि घटना सार्वजनिक भएको थियो ।
पीडितका परिवार प्रल्हाद गिरीले घटना थाहा पाएपछि महानगरीय प्रहरी परिषर भक्तपुरमा जाहेरी दिए लगत्तै थर्कबहादुरलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । गिरोहमा संलग्न रहेको भनिएका आशिष, डल्लुराज र लालचन्द्र भने फरार रहेकाले खोजी भइरहेको प्रहरीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
- राष्ट्रपति र प्रधामन्त्रीको फोटो जोडी अश्लील स्टाटस राख्ने ‘जुँगे’ पक्राउ
- नयाँ दल देशको भविष्यको संकेत : ओली
- नदी दोहन : कर्मचारीको मिलेमतोमा अवैधानिक रुपमा एक करोड २० लाख संकलन
- नेकपाको दस्तावेजमा ‘जनयुद्ध’ राख्नु कागको पखेटामा मयूरको प्वाँख हालेजस्तै हो : डा. भट्टराई
- हलिउड अभिनेताले सलमानलाई बधाई दिन बबीको पोष्टर सेयर गरेपछि...
News in English More
Download Programs More
Opinion Poll
Loading...