वैदेशिक रोजगारमा जाने कामदारको अंगभंग हुनेक्रम बढ्दो, एक वर्षमा ६०८ को मृत्यु
- Posted: Monday, May 28, 2018 20:05 PM ( 4 years ago )
काठमाडौ, जेठ १४ – अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७४/७५ अनुसार वैदेशिक रोजगारमा गएका नेपाली युवा बिरामी र अंगभंग हुने क्रम बढेको छ ।
आर्थिक वर्षको पहिलो ८ महिनामा वैदेशिक रोजगारमा गएका कामदारमध्ये २२४ जना बिरामी र अंगभंग भएका छन् । यो संख्या अघिल्लो वर्ष भन्दा १८ जना बढी हो । गएको वर्ष २०६ जना नेपाली कामदार अंगभंग र बिरामी भएका छन् ।
अंगभंग र बिरामी हुनेमा २२१ पुरुष र ३ जना महिला रहेका छन् । अघिल्लो वर्ष अंगभंग हुनेमा महिलाको संख्या आठ र पुरुषको संख्या १९८ थियो ।
आर्थिक वर्ष २०७२/७३ मा भने ११६ जना कामदार बिरामी तथा अंगभंग भएका थिए । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार ४५ लाख भन्दा धेरै युवा अन्ति श्रम स्वीकृती लिएर रोजगारीका लागि विदेश गएका छन् ।
विदेशिएका कामदारलाई कडा खालको रोग लाग्ने, अंगभंग हुने र मृत्यु हुनेको संख्या बढ्दै गएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको तथ्यांक छ ।
विदेशमा एक वर्षमा ६०८ को मृत्यु
वैदेशिक रोजगार बोर्डको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४/७५ को चैत मसान्तसम्मा वैदेशिक रोजगारीमा गएका ६०८ जनाको मृत्युको भएको छ । मृत्यु हुनेमा ५९३ जना पुरुष र १५ जना महिला रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
- बोल्ड सिन दिँदा घरमा समस्या छैनः सोनम, करीनाको लुगा देखेर सैफ रिसाए
- कर्णाली प्रदेश सरकारको सय दिन : ‘संघीय सरकारका कारण काम गर्ने वातावरण पाएनौँ’
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- अर्कैकाे नाममा ट्रायल दिन अाउने परीक्षार्थी पक्राउ
News in English More
Download Programs More
Opinion Poll
Loading...