स्पाइडरम्यान शैलीमा बालकको उद्धार गर्ने गसामाले फ्रान्सको नागरिकता पाउने
- Posted: Monday, May 28, 2018 17:46 PM ( 4 years ago )
जेठ १४ – पेरिसमा बार्दलीमा झुण्डिरहेको एक बालकलाइ उद्धार गरेर एकाएक प्रख्यात बनेका एक व्यक्तिले फ्रान्सको नागरिकता पाउने भएका छन् ।
मालीबाट बसाईं सरेर फ्रान्समा बस्दै आएका मेमाउदु गसामा नाम गरेका व्यक्ति आफ्नो घरको पारिपट्टिको भवनको चौथो तलाको बार्दलीमा झुण्डिरहेको ४ वर्षे बालकको उद्धारका लागि भवनको चाैथाे तलामा स्पाइडरम्यान झैँ झुण्डिँदै पुगेका थिए । उनलाइ झुण्डिँदै चौथो तलामा पुग्न १ मिनेटभन्दा कम समय लागेको थियो ।
उनी बार्दलीबाट बार्दलीमा झुण्डिँदै चौथो तलामा पुग्दा मानिसहरुले उनको कारनामा देखेर हौसलामा ताली बजाइरहेका थिए । गसामाको त्यो साहसिक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । घटनापछि फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोन ले गसामालाई सोमबार एलिजी प्यालेसमा बोलाएर धन्यवाद दिएका थिए । उनले बहादुरी पदक दिँदै वारुणयन्त्र सेवामा नोकरी गर्न प्रस्ताव समेत गरेका थिए ।
उनी हिँड्दै गर्दा उनले त्यो भवन अगाडि मान्छेहरुको भीड लागेको देखेका थिए । गसामाले म्याक्रोनलाइ भने, मसँग सोच्ने समय थिएन, ‘म उसलाई बचाउन सडकपारी दौडिएँ ।’
त्यस्तै पेरिसका मेयर यान हिडाल्गोले २२ वर्षे गसामाको बहादुरीको प्रशंसा गर्दै धन्यवादका लागि बोलाएको बताउनुभयो ।
भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस्
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
- कर्णाली प्रदेश सरकारको सय दिन : ‘संघीय सरकारका कारण काम गर्ने वातावरण पाएनौँ’
- बोल्ड सिन दिँदा घरमा समस्या छैनः सोनम, करीनाको लुगा देखेर सैफ रिसाए
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- अर्कैकाे नाममा ट्रायल दिन अाउने परीक्षार्थी पक्राउ
News in English More
Download Programs More
Opinion Poll
Loading...