Total Hits: 0

​अस्पतालको फार्मेसीले मेडिकलको सिन्डिकेट तोडियो

  • Posted: Monday, May 28, 2018 17:31 PM ( 4 years ago )

प्रेमनारायण आचार्य/उज्यालो । 

अर्घाखाँची, जेठ १४ – जिल्ला स्वास्थय कार्यालय अर्घाखाँचीले सन्धिखर्क अस्पताल फामेर्सीको शुभारम्भ गरेपछि मेडिकलहरुको सिन्डिकेट तोडिएको छ ।

बिरामीहरुले बाहिर मेडिकल तथा क्लिनिकहरुमा गएर महंगोमा किन्नु पर्ने औषधि सस्तो मूल्यमा अस्पतालको हाता भित्रै पाइने भएको छ । 

अधिकतम खुद्रा मूल्यको ५ प्रतिशत छुटमा  अस्पतालको हाता भित्रै औषधि पाइने भएपछि स्थानीयलाई फाइदा हुने भएको छ । पाँच प्रतिशत छुटमा अस्पतालभित्रै औषधि पाइने भएपछि औषधि पसलेहरुको सिन्डिकेट पनि तोडिने भएको छ । मेडिकलमा भन्दा सस्तो मूल्यमा औषधि प्रदान गर्नका लागि मन्त्रालयको निर्णय बमोजिम फार्मेसी सञ्चालनमा ल्याइएको अस्पताल विकास समितिका अध्यक्ष उमेश घिमिरेले बताउनुभयो  । 

अस्पताल फार्मेसीको शुभारम्भ गर्दै सन्धिखर्क नगरपालिकाका  मेयर कमलप्रसाद भुसालले सन्धिखर्क अस्पतालमा पाइने निःशुल्क औषधिको व्यवस्था गर्न नगरपालिका तयार रहेको बताउनुभयो । उहाँले मानिसको स्वास्थ्यमाथि खेलवाड नगर्ने र औषधिको लागि बजेट कमी भएमा नगरपालिकालाइ थाहा दिनु पर्ने र औषधिको लागि प्रयाप्त बजेट नगरपालिकाले छुट्टाउने बताउनुभयो । 

कार्यक्रममा उपमेयर ठाकुरकुमार विकले स्वास्थ्य क्षेत्रको विकासबिना समुन्नत नगरपालिका बन्न नसक्ने बताउँदै अस्पतालबाट दिइने सेवालाई प्रभावकारी बनाउन र नमुना अस्पताल बनाउनेतर्फ सबै लाग्नु पर्नेमा जोड दिनुभयो  । 

सहायक प्रमुख जिल्ला अधिकारी शंकर भुसालले मेडिकलवालाहरुबाट सर्वसाधारण ठगिएको बताउँदै फार्मेसी सञ्चालनमा आएपछि ठगिनु नपर्ने बताउनुभयो । बिरामीको उपचारमा कुनै कमी हुन नदिनका लागि सबै लाग्नु पर्ने उहाँको भनाई छ । 

अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिवारीले असार मसान्तसम्म एमआरपी मूल्यको ५ प्रतिशत छुटमा औषधि दिने निर्णय भएको र साउनबाट अझ धेरै प्रतिशत छुटमा औषधि वितरण गर्ने योजना रहेको बताउनुभयो  । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook