Total Hits: 0

नेप्से परिसूचक बढ्यो

  • Posted: Monday, May 28, 2018 16:58 PM ( 3 years ago )

काठमाडौं, जेठ १४ – पछिल्ला दिनमा लगातार घटिरहेको शेयर बजार परिसूचक नेप्से सोमबार भने बढेको छ ।

कारोबार भएकामा सबै जसो कम्पनीको शेयरको मूल्य बढेपछि नेप्से सोमबार एकै दिन ३६ अंकले बढेर १३ सय ३६ को बिन्दुमा पुगेको छ ।

सोमबार बिहान ११ बजे बजार खुले लगत्तै घटेको नेप्से झण्डै एक घन्टापछिबाट बढ्न थालेको हो । सोमबार कारोबार भएका सबै समूहको परिसूचक बढेका कारण समग्रमा नेप्से पनि बढेको हो । नेप्सेसँगै सोमबार कारोबार रकम पनि आइतबारको तुलनामा ८ करोडले बढेर ४८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

भोलि सार्वजनिक हुने बजेटमा सरकारले पूँजी बजार सुधारका कार्यक्रमलाई पनि समावेश गर्ने हल्ला फैलिएका कारण सोमबार अचानक शेयर बजार बढेको अनुमान छ । सोमबार शिखर इन्सुरेन्स, जनउत्थान सामुदायिक लघुवित्त र किशान माइक्रोफाइनान्सका शेयरधनीले ९ प्रतिशतभन्दा धेरै कमाएका छन् ।

नेप्से बढे पनि सोमबार मेगा बैंकका शेयरधनीले १० प्रतिशत गुमाएका छन् । टुरिजम डेभ्लपमेन्ट बैंकसँगको मर्जरपछि मेगा बैंकको शेयर आजैदेखि किनबेच फुकुवा भएको हो । यस्तै पोखरा फाइनान्स कम्पनीको प्रवद्र्धक शेयरको मूल्य पनि सोमबार साढे ८ प्रतिशत घटेको छ । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook