रामपाल र जेसियाको सम्बन्ध टुट्नुमा ऋतिककी श्रीमती सुज्यानको हात !
- Posted: Monday, May 28, 2018 15:51 PM ( 3 years ago )
जेठ १४ – लामो समयदेखि अभिनेता अर्जुन रामपाल र उनकी श्रीमती मेहर जेसियाबीच खटपट भएका खबरहरु आइरहेका थिए ।
अब भने यी दुईले अलग हुने बाटो रोजिसकेका छन् । विवाह गरेको २० वर्ष पछि दुवै अलग भइरहेका छन् । दुवैैले यसरी अलग हुन किन खोजेका हुन भन्ने कुराको कुनै विशेष कारणहरु सार्वजनिक गरेका छैनन् । तर बलिउडमा चलेको हल्ला अनुसार अभिनेता ऋतिक रोशनकी श्रीमती सुज्यान खान र अर्जुन रामपालबीच बढ्दो निकटतालाई नै यसको कारण भनिदैछ ।
बेलाबेलामा अर्जुन रामपाल र ऋतिक रोशनकी श्रीमती सुज्यान खानको प्रेम सम्बन्धका खबरहरु आएरहेका हुन्छन । ऋतिक रोशन र अर्जुन रामपाल पारिवारिक साथी हुन् । अर्जुनकी श्रीमती र ऋतिककी श्रीमतीलाई पनि एकसाथ विभिन्न पार्टीहरुमासँगै जाने गर्दथे ।
सुज्यान खानले ऋतिकसँग चार वर्षअघि सम्बन्ध विच्छेद गरिसकिन । त्यो समयमा यस सम्बन्ध विच्छेदको कारण अर्जुन रामपाल भएको खबरहरु आएका थिए ।
गएको वर्ष सुज्यान र अर्जुनबीच अफेयर चलिरहेको बेला एक पार्टीमा अर्जुकी श्रीमती मेहर र सुज्यानबीच झगडा नै भएको थियो । तर सुज्यान र ऋतिकबीच भने सम्बन्ध विच्छेद पछि पनि राम्रो साथीको सम्बन्ध रहेको छ ।
अर्जुन र मेहरको विवाह सन् १९९८ मा भएको थियो । दुवैका दुई छोरीहरु माहिका र माहिरा छन । मेहरले करियरको सुरुवात मोडलिङबाट गरेकी थिइन । उनले १६ वर्षको उमेरमा नै सन १९८६ मा मिस इन्डियाको उपाधि जितेकी थिइन ।
सोही समयमा मोडलिङमा आफ्नो करियर बनाइरहेका अर्जुनले मेहरलाई भेटेका थिए । त्यसबेलादेखि एकअर्कालाई डेट गरिरहेका दुवैले लामो समयको प्रेम सम्बन्धलाई सन् १९९८ मा विवाहमा परिणत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...