कर्णाली प्रदेश बजेटमा भौतिक पूर्वाधार विकासलाई प्राथमिकता
- Posted: Monday, May 28, 2018 09:50 AM ( 3 years ago )
सुर्खेत, जेठ १४ – कर्णाली प्रदेश सरकारले आगमी आर्थिक वर्ष २०७५/०७६ का लागि बजेटको तयारी गरेको छ । आइतबार बसेको प्रदेश सभाको बैठकमा सरकारले पूर्व बजेटसम्बन्धी छलफलका लागि बजेटका सिद्धान्त, उद्देश्य, नीति तथा प्राथमिकता संसदमा पेश गरेको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले पूर्व बजेट छलफलका लागि विनियोजन विधेयक २०७५ पेश गर्दै बजेटमा भौतिक पूर्वाधार, कृषि, पर्यटन तथा उद्योग, जलस्रोत स्वास्थ्य र शिक्षामा प्राथमिकता दिएको बताउनुभयो । उहाँले प्रदेशमा सुरुङमार्ग, केबुलकारलगायतका पूर्वाधारमा सम्भाव्यता अध्ययनलाई पनि प्राथमिकता दिएको जानकारी दिनुभयो ।
प्रदेश सभाको बैठकमा बिशेष समय लिएर बोल्दै सांसदहरुले प्रदेश सरकारलाई प्रचारबाजी भन्दा पनि परिणामुखी काम गर्न ध्यानाकर्षण गराएका छन् । उनीहरुले सरकारले कार्यान्वयन नगरेको बताए ।
सांसद पदमबहादुर रोकायले आफूहरुले आफ्ना निर्वाचन क्षेत्र र जिल्लाका योजनाहरु प्रदेश सरकारलाई दिए पनि कार्यान्वयन नभएको बताउनुभयो । ‘प्रदेशका मन्त्रीहरुले सुविधा पाए तर जनताले केही पाएका छैन्न्’ उहाँले भन्नुभयो, ‘सरकारले अब योजना कार्यान्वयनमा जोड दिन जरुरी छ ।’
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...