Total Hits: 0

उज्यालो फलोअप : बालगृहको नाममा मानव तस्करीको आशंका, जनप्रतिनिधिसमेत अनुसन्धानको घेरामा

  • Posted: Monday, May 28, 2018 09:36 AM ( 4 years ago )

राजु लामिछाने/उज्यालो ।

रुकुम (पश्चिम), जेठ १४ – न्युनतम मापदण्ड विपरितको बालगृहका सञ्चालक, सिफारिसकर्ता वडा अध्यक्ष र बालबालिका ओसारपसारमा ‌संलग्न व्यक्ति मानव तस्करीको अभियोगमा पक्राउ परेका छन् । रुकुममा पक्राउ परेका बालगृह सञ्चालकलाई जुम्ला पठाईएको छ भने जुम्लामा दुईजना वडा अध्यक्ष र ओसारपसारमा संलग्न अर्का एक जनालाई पक्राउ गरिएको छ ।

रुकुम (पश्चिम) को मुसीकोट नगरपालिका १ मा रहेको नर्सिङ्ग हिमालय अनाथ बालगृह नेपालका सञ्चालक विवेक बुढालाई थप अनुसन्धानको लागि जुम्ला पठाईएको हो । शनिबार पक्राउ परेका बुढाले सञ्चालन गरेको बालगृहबाट ३३ जना बालबालिकाको उद्धार गरिएको थियो ।

जिल्ला बाहिरका बालबालिकालाई बिभिन्न लोभ देखाएर ल्याएको, अनाथ भनेर आमाबुवा भएका बालबालिका पनि राखेको, बालबालिका भर्नाको नाममा एकजनाबाट २ हजार ५ सय रुपैया असुलेकोलगायतका बिषयमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले बालबालिकाको उद्धार र सञ्चालकलाई पक्राउ गरेको हो ।

बालगृहबाट जुम्ला जिल्ला पातारासी गाउँपालिका–१ र २ का २४ बालबालिका रहेकोले थप अनुसन्धानका लागि सञ्चालक बुढालाई जुम्ला पठाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषिराज ढुंगानाले जानकारी दिनुभयो ।

दुईजना वडाअध्यक्ष तारेखमा रिहा 

यसैबिच, जिल्लाबाट बालबालिका ओसारपसार गर्न सहयोग गरेको अभियोगमा जुम्लाको पातारासी गाउँपालिका–१ का वडा अध्यक्ष दत्तबहादुर बुढा र २ नम्वर वडा अध्यक्ष कर्ण बोहोरालाई झिकाई आईतबार तारेखमा छाडिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले उज्यालोलाई जानकारी दिनुभयो ।

यो अभियोगमा पासाङ्ग लामालाई पक्राउ गरि हिरासतमा राखिएको छ । पासाङ्ग यसअघि पनि २० जना बालबालिका बेचबिखनका लागि लैजादै गरेको अवस्थामा पक्राउ परेका थिए ।

प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार, अभिभावकलाई लोभ देखाई जिल्ला बाहिर लैजाने, त्यहाँ केहि समय राखेर फेरि अर्को जिल्ला पु¥याउने अनि देश बाहिर लैजाने गिरोह सक्रिय रहेको पाइएको छ । गरिब परिवार र दुर्गम क्षेत्रमा व्यक्तिलाई बिभिन्न लोभमा पारेर उनीहरुले बालबालिको तस्करी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

मापदण्ड नपुगेका बालगृह सञ्चालन भइरहेको अनाथहरुको नाममा बुवाआमा भएका बालबालिका ल्याएको, बालगृह सञ्चालनको लागि आर्थिक श्रोत नखुलेको लगायतका विषयमा यसअघि उज्यालोमा समाचार प्रकाशन/प्रशारण गरिएको थियो ।

समाचार आएपछि जिल्ला प्रशासन कार्यालय जुम्लाले बालबालिकाको उद्धारका लागि सक्रियता देखाएको थियो । उनीहरुको उद्धार सँगै थप अनुसन्धान अघि बढाइएको हो ।

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook