जब निर्देशकको नजर सोनाक्षी र इलियानामा रोकियो...
- Posted: Monday, May 28, 2018 07:13 AM ( 3 years ago )
जेठ १४ – केही दिन अगाडि बलिउड अभिनेता अजय देवगन र निर्देशक अनिस बाजमीले साथमा काम गर्ने बाहिरिएको थियो । दुवैजनाले चलचित्र ‘साढे साती’ को निर्माण गर्दैछन । यो चलचित्र कमेडी धारमा निर्माण हुने र निकै मनोरञ्जनात्मक हुने बताइएको छ । यही चलचित्रका लागि अनीस बाजमी लामो समयदेखि अभिनेत्रीको खोजीमा रहेका थिए ।
निर्देशक अनिस बाजमीको नजर अभिनेत्री सोनाक्षी सिन्हा र इलियाना डिक्रुजमा रोकियो । निर्देशक बाजमी ‘साढे साती’ का लागि अजयको जोडीको रुपमा इलियानालाई साइन गर्ने कि सोनाक्षीलाई भनेर दुविधामा छन् ।
अनिस बाजमीले उनको पछिल्लो चलचित्र ‘मुवारकां’ मा इलियानाका साथ काम गरेका थिए । उनले इलियानाका साथ काम गर्न निकै सजिलो भएका महशुस गरेका छन् । पछिल्लो समयमा ‘बादशाहो’ र ‘रेड’ मा अजय देवगन र इलियानाले एकसाथ काम गरेका थिए ।
अजयले सोनाक्षी सिन्हाका साथ पनि काम गरिसकेका छन् । अजय र सोनाक्षीले चलचित्र ‘सन अफ सरदार’ र ‘एक्सन ज्याक्सन’ मा स्क्रिन शेयर गरिसकेका छन् । यी दुईको जोडीलाई दर्शकले निकै मन पराएका थिए ।
चलचित्र ‘साढे साती’ मल्टी स्टारर चलचित्र हुनेछ । जसमा अजय देवगनका अलावा अनिल कपूर र अन्य चार जना स्टारहरुले अभिनय गर्नेछन् । यस चलचित्रका लागि अनिस बाजमीले सोनाक्षीलाई मौका दिनेछन वा इलियाना डिक्रुजलाई, यस कुराको टुंगो लगाउन भने बाँकी नै छ ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...