चेन्नई बन्यो तेस्रोपटक आईपीएल च्याम्पियन
- Posted: Monday, May 28, 2018 06:19 AM ( 3 years ago )
जेठ १४ – आईपीएल क्रिकेटको उपाधि चेन्नई सुपरकिंग्सले जितेको छ । आइतबार राति भएको फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नई तेस्रोपटक आईपीएलको च्याम्पियन बनेको हो ।
आईपीएलमा २ वर्षको प्रतिबन्धपछि आएको चेन्नईलाई विजयी बनाउन शेन वाटशनले नटआउट १ सय १७ रन बनाए । विष्फोटक व्याटिङ गरेका वाटसनले मात्र ५७ बलमा ८ छक्का र ११ चौकाको मद्दतमा १ सय १७ रन बनाए । सुरेश रैनाले ३२ तथा फाप डु प्लेसिसले १० रनको योगदान गरेपछि १ सय ७९ रनको लक्ष्य चेन्नईले खेल सकिन ९ बल बाँकी हुँदै भेट्टाएको थियो ।
मुम्बईमा टस हारेर पहिले व्याटिङ गरेको हैदरावादले ७ विकेट गुमाउँदै १ सय ७८ रन बनाएको थियो ।हैदरावादकालागि केन विलियम्सनले ४७ रन बनाए भने युसुुफ पठान ४५ रनमा नट आउट रहे । यससँगै, चेन्नईले आईपीएलको यही सिजनमा हैदरावादलाई ४ पटक पराजित गर्याे ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...